नेभिगेशन
सबै कुरा

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी। झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए ।

फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, “यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।”

भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । “पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।”

मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे ।

पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहएका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेको छ ।

राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । “स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ”, उनले भने, “भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।”

खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । यामअनुसार गाउँमा उब्जेकोतरकारी पनि उनले बिक्रीमा राख्दै आएको छ । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए ।

“बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ”, उनले भने, “ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।”

खाजाघरमा मासुभातको चार सय ५० र मासु चिउराको दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए ।

भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएको छ । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पु¥याउँदै आएको छ ।

“धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ”, भण्डारीका छोरा सुनिलले भने, “विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।”

इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएको छ । दसवर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेको छ ।

“घरपरिवारको राम्रो साथ र सहयोग छ”, भण्डारीले भने, “भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।” ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढङ्गबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् ।

“हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ”, भण्डारीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

बिहीवार न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सो आदेशसँगै रास्वपा उम्मेदवार रहेका साहको उम्मेदवारी खारेज गर्ने...
सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए...
स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका...
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी...

भर्खरै