नेभिगेशन
सबै कुरा

सर्वोच्चलाई आफ्नो त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

काठमाडाैँ । समाजवादी प्रेस संगठन नेपालले सिधाकुराका पत्रकारद्वयलाई जेल पठाउने सर्वोच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको बताएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ती सार्वजनिक गर्दै अदालतलाई सो फैसला पुनरावलोकन गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराका प्रकाशक र सम्पादकलाई कैद गर्ने सर्वोच्चको फैसलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भएको संगठनको ठहर छ । ‘यस मामिलामा गरिएको कारवाहीको प्रक्रिया र राखिएको नियतले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई गम्भीर रुपमा झस्काएको छ । यो आन्दोलनले सोच्दै नसोचेको बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भइरहेको यस संगठनको ठहर छ ।’, विज्ञप्तीमा भनिएको छ ।

Marvel

त्यस्तै पत्रकार आचारसंहिताको अनुगमन गर्ने निकाय हुँदाहुँदै पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको कैद सजायको फैसलाको समाजवादी प्रेस संगठन नेपालले भत्र्सना गरेको छ । ‘पत्रकार आचारसंहिताको अनुगमन गर्नका निम्ति राज्यले स्थापन गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सिधै सर्वोच्च अदालतले पत्रकारहरुलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत भएन् ।’, विज्ञप्तीमा उल्लेख छ, ‘संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरुलाई पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको यो कैदको हामी भत्र्सना गर्दछौँ ।’

त्यस्तै ‘माफी मागेमा सात दिनसम्म सजाय हुने जस्ता शब्दको प्रयोग गरेर अदालतले मोलमोलाईमा उत्रिएका भन्दै उक्त त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न संगठनको माग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...