नेभिगेशन
सबै कुरा

सर्वोच्चलाई आफ्नो त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न समाजवादी प्रेस संगठनको माग

काठमाडाैँ । समाजवादी प्रेस संगठन नेपालले सिधाकुराका पत्रकारद्वयलाई जेल पठाउने सर्वोच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको बताएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ती सार्वजनिक गर्दै अदालतलाई सो फैसला पुनरावलोकन गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराका प्रकाशक र सम्पादकलाई कैद गर्ने सर्वोच्चको फैसलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भएको संगठनको ठहर छ । ‘यस मामिलामा गरिएको कारवाहीको प्रक्रिया र राखिएको नियतले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई गम्भीर रुपमा झस्काएको छ । यो आन्दोलनले सोच्दै नसोचेको बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अभ्यास भइरहेको यस संगठनको ठहर छ ।’, विज्ञप्तीमा भनिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै पत्रकार आचारसंहिताको अनुगमन गर्ने निकाय हुँदाहुँदै पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको कैद सजायको फैसलाको समाजवादी प्रेस संगठन नेपालले भत्र्सना गरेको छ । ‘पत्रकार आचारसंहिताको अनुगमन गर्नका निम्ति राज्यले स्थापन गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सिधै सर्वोच्च अदालतले पत्रकारहरुलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत भएन् ।’, विज्ञप्तीमा उल्लेख छ, ‘संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरुलाई पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको यो कैदको हामी भत्र्सना गर्दछौँ ।’

त्यस्तै ‘माफी मागेमा सात दिनसम्म सजाय हुने जस्ता शब्दको प्रयोग गरेर अदालतले मोलमोलाईमा उत्रिएका भन्दै उक्त त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न संगठनको माग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।