नेभिगेशन
सबै कुरा

दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेकोे छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत  सुरु गरेका जनाइएको छ ।  

Ncell
Extreme Energy

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।
बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्लाका मुख्य सडकखण्ड अवरुद्ध भएका छन्।
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ ।