नेभिगेशन
सबै कुरा

सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै  त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

Marvel

नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।

केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो । बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यसैबीच, नजिक आइरहेका बडादसैँलगायत चाडपर्वका कारण काठमाडौँमा न्यूरोडसहितका सहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिनदेखि सवारीसाधन व्यवस्थापनमा चाप बढेको छ । पछिल्ला दिन कोटेश्वर, त्रिपुरेश्वर, बानेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, गौशला, महाराजगञ्ज चक्रपथ, गोङ्गबु, कालीमाटी र कलङ्की क्षेत्रमा तुलनात्मक रूपमा सवारी आवागमन बाक्लो देखिएको नायब उपरीक्षक कार्की बताउँछन् । 

उपत्यकाभित्रका खोला करिडोर सडकमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भएसँगँ उपत्यकामा सडक यातायात व्यवस्थापन केही हदसम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ ।

बडादसैँलगायत चाडबाड मनाउन ठूलो सङ्ख्यामा राजधानी बाहिर जाने यात्रीका सहयोग र सहजताका लागि उपत्यका ट्राफिक कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ ।  उक्त सहायता कक्ष यात्रु बिचौलियाबाट ठगिन नपरोस् र सर्वसाधारण नागरिकको यात्रा सहज र सुविधाजनक होस् भन्ने हेतुले स्थापना गरिएको कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक कार्यालयले बिचौलियाबाट बच्न आधिकारिक टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...