नेभिगेशन
सबै कुरा

बाढीपहिरोः काभ्रेमा ६२ जनाको मृत्यु, चार जना बेपत्ता

काभ्रेपलाञ्चोक। केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या :

अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।

धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ ।

दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताए । उनका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने छ । आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ ।

एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताए । उनले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुनःनिर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताए ।

धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोलास्थित मुहान–इन्टेकमा बाढीपहिरोले क्षति पुर्याउँदा तीन दिनदेखि खानेपानी वितरण रोकिएको छ । पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।

स्थानीय तहद्वारा राहत घोषणाः

विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही रु ३० हजार, घाइतेलाई रु २० हजार, पूर्ण क्षति भएको घरलाई रु १० हजार, गोठलाई रु पाँच हजार, उच्च जोखिममा परेका घरलाई रु पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई रु १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई रु १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा रु पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

ओली आफ्नो पुरानो समूहलाई मनाउने कोसिसमा छन् । एमालेका कार्यकर्ता पुनर्गठनबारे विचार–विमर्श गरिरहेका छन् ।
गरिमा चौधरीको न्यायको कानुनमन्त्री गौतमको पहल, पीडितका बाबुले भने 'अरू धेरै छोरीहरू जोगिऊन्'

गरिमा चौधरीको न्यायको कानुनमन्त्री गौतमको पहल, पीडितका बाबुले भने 'अरू धेरै छोरीहरू जोगिऊन्'

बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पहल कदमी लिएकी छिन् ।