नेभिगेशन
सबै कुरा

रास्वपाद्वारा विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडाका सम्बन्धमा तीनओटै सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ। केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा हिजो र आज ध्यानाकर्षण पत्र बुझाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता छन् ध्यानाकर्षणका बुँदाः

Marvel

(१) केही दिनअघिको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको परिवारलाई उचित राहत, वेपत्ताको खोजी, घाइतेको उपचार, घरबारविहीनलाई सहज अस्थायी बसोबासरखानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन।

(२) चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयमले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तुरसेवा प्राप्त नगर्ने समस्या बढेको जनगुनासोबीच व्यापारीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण।

(३) विपद्का कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारी साधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको र चाडपर्वका मुख्य दिनमा यो क्रम बढ्ने भएकाले अनुगमन गरी यात्रुको सुरक्षामा ध्यान दिन तथा सडकयात्रा प्रभावित भएको र चाडबाड पनि नजिकिएका बेला हवाई यात्रा गर्नुपर्ने वाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्नुपर्ने । 

(४) सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृतिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही, सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो।अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप...
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।