नेभिगेशन
सबै कुरा

रास्वपाद्वारा विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडाका सम्बन्धमा तीनओटै सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ। केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा हिजो र आज ध्यानाकर्षण पत्र बुझाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता छन् ध्यानाकर्षणका बुँदाः

Ncell
Extreme Energy

(१) केही दिनअघिको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको परिवारलाई उचित राहत, वेपत्ताको खोजी, घाइतेको उपचार, घरबारविहीनलाई सहज अस्थायी बसोबासरखानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन।

(२) चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयमले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तुरसेवा प्राप्त नगर्ने समस्या बढेको जनगुनासोबीच व्यापारीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण।

(३) विपद्का कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारी साधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको र चाडपर्वका मुख्य दिनमा यो क्रम बढ्ने भएकाले अनुगमन गरी यात्रुको सुरक्षामा ध्यान दिन तथा सडकयात्रा प्रभावित भएको र चाडबाड पनि नजिकिएका बेला हवाई यात्रा गर्नुपर्ने वाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्नुपर्ने । 

(४) सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृतिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही, सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।