नेभिगेशन
सबै कुरा

काठमाडौँसहित कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

Marvel

यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम  सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो।अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप...
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।