नेभिगेशन
सबै कुरा

हनुमानढोकाको दशैं घरमा जमरा राखियो (तस्विरहरु)

काठमाडौँ । दशैंको पहिलो दिन घटस्थापना,  नेपालीको घरघरमा जमरा राखिएको छ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ । उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हनुमान ढोका सार्दुलजंग गुल्मका पण्डित सुवास  कोइरालाले बताए । जौं को अङ्कुर दुर्गा देविको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर दशमी अर्थात विजयादशमी को दिन टिका प्रसादसंगै समृद्घिको प्रतिकको रुपमा जमरा धारण गर्री मान्यजनबाट आर्शिबाद लिने प्रचलन छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

डोल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो।अहिले सिसी क्यामरा हेरिरहेका प्रजिअ हमालले बताइन्। उनले थप...
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।