नेभिगेशन
सबै कुरा

सिधाकुराविरुद्ध अवहेलनाको प्रतिवेदन उठाउने सर्वोच्चका उपरजिस्ट्रारले गरे बार अध्यक्षविरुद्धको उस्तै मुद्दा फिर्ता लिने घोषणा

काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरले बार जनताको आवाज र लोकतन्त्रको हिमायती भएको बताउँदै आफूले अदालतमा दिएको प्रतिवेदन फिर्ता लिने बताएका हुन् । ‘बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु ।’, घिमिरले लेखेका छन् । 

Ncell
Extreme Energy

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले तयार गरेको प्रतिवेदनका आधारमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरले उनीविरुद्ध प्रतिवेदन उठाएर मुद्दा दर्ता गराएका थिए । बारअध्यक्ष घिमिरेविरुद्धको पेसी आगामी कार्तिक १ गते तोकिसकिएको छ । तर यता सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरले आफूले दर्ता गरेको सो प्रतिवेदन फिर्ता लिने घोषणा गरेका छन् । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदाई भएसँगै उनले आफू प्यादा नबन्ने घोषणा गर्दै बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका हुन् । सोही प्रकृतिको मुद्दामा सिधाकुरा र यसका प्रकाशक तथा सम्पादकलाई भने जरिवाना तथा जेल सजाय तोकिएको छ । सिधाकुरा विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको प्रतिवेदन घिमिरेले नै पेश गरेका थिए । अहिले बार अध्यक्षको मुद्दा फिर्ता लिने घोषणा गर्दै उपरजिस्ट्रार घिमिरेले लेखेको स्टाटसले प्रसस्तै शंका गर्ने ठाउँ छोडेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।