नेभिगेशन
सबै कुरा

चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकार गम्भीर छ : उद्योगमन्त्री भण्डारी

काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँको एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारमा मूल्यवृद्धि गर्ने चेष्टा भएपनि सरकार सक्रियतापूर्वक कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन लागिपरेको बताएका हुन् । 

चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको र प्रभावकारी देखिएको उनले बताए । उनले चाडपर्वका बेला जनतालाई राहत दिन अत्यावश्यक खाद्य वस्तु लगाएत पेट्रोलियम पदार्थमा मूल्य घटाएको जिकिर गरे । चिनीको अभाव हुन नदिन सरकारले गरेको प्रयासकै कारण सुपथ मूल्यमा सहज रुपमा उपलव्ध भएको उनले दाबी गरे । 

मन्त्री भण्डारीले स्वदेशमा नै उत्पादीत बस्तुहरु प्रवद्र्धन र प्रयोग गर्न सके आयातका कमी आउन सक्ने विश्वास व्यक्त गरे । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले एक्सपोको आयोजना गरिएको बताइएको छ ।

काठमाडौँको भृकुटिमण्डपमा आयोजना गरिएको एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँस लगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, पश्मिना, स्टोन, माला, गलैँचा, गार्मेन्टका सामान लगायतका बस्तुका स्टल राखिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...