नेभिगेशन
समाज

भोटेकोशी बाढीमा परेका भन्सार कर्मचारीका आफन्तलाई अर्थमन्त्रीले भने- तपाईंहरू एक्लो हुनुहुन्न, हामी साथमा छौँ

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन् । बिहीबार मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै उनले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे । “पूर्वसूचना र सतर्कता समेत अपनाउनै नसकिने गरी घटेको विपत्तिले थिच्दा ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ,” उनले परिवारका सदस्यहरूलाई भने, “तपाईंहरूलाई जत्तिकै पीडा र दुःख हामीलाई पनि छ। हामीले पनि हाम्रा काबिल भन्सार प्रशासनका परिवारका सदस्यहरू गुमाउनुपर्दा दुःखी छौँ। तपाईंहरूलाई परेको पीडालाई म व्यक्त गर्न सक्दिनँ, तर तपाईंहरू एक्लो हुनुहुन्न। हामी तपाईंहरूको साथमा छौँ।”

Ncell
Extreme Energy

अर्थमन्त्री डा.वाग्लेले परिवारका सदस्यहरूलाई आफ्ना समस्या खुलस्त रूपमा मन्त्रालय र विभागमा राख्न आग्रह पनि गर्नुभयो। परिवारका सदस्यहरूको आवश्यकतालाई कानुनी आधार टेकेर प्राथमिकताका साथ मन्त्रालय र विभागले कार्यान्वयन गर्ने पनि बताए । भेटका क्रममा परिवारका सदस्यहरूले तयार गरेकाे प्राथमिक तहको मागपत्र बुझ्दै उनले यसलाई कार्यान्वयन गर्दै लगिने बताए । 

दिवंगत र बेपत्ता व्यक्तिका परिवारका सदस्यहरूको शिक्षा, भरणपोषण र रोजगारी मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे । “मलाई थाहा छ, तपाईंहरूले भोग्नुभएको अपूरणीय क्षतिपूर्ति कुनै कुराले गर्न सक्दैन, तर तपाईंहरूको अबको दैनिकी र भविष्यको बाटो सरल बनाउन उच्च प्राथमिकताका साथ सहयोग हामी गर्छौँ।”

सो क्रममा अर्थमन्त्री डा.वाग्लेले कानुनबमोजिम हुने कुरा छिट्टै र कानुन संशोधन गरेर पूरा गर्नुपर्ने मागहरूलाई विभिन्न मन्त्रालयसँग समन्वय गरेर भए पनि अघि बढाउने बताए । घटना दर्ता, बालबालिकालाई छात्रवृत्ति लगायतका विषयमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनले परिवारजनलाई स्पष्ट पारे ।

बेपत्ताहरूको खोजतलासमा अझै पनि सुरक्षाकर्मी परिचालन भइरहेको उनले बताए । उनले घटनामा परी निधन भएका र हराइरहेका परिवारका सदस्यहरूलाई सहजीकरण गर्न एक विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशनसमेत दिए । 

अर्थमन्त्रीसँग भेट गर्न रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्यहरू मन्त्रालय पुगेका थिए । उनीहरूले आफ्नो परिवारको मियोका रूपमा रहेका सदस्य बाढीमा परी गुमाएको र बेपत्ता भएपछिको शोक तथा पीडादायी दिनका भोगाइहरू भावविह्वल हुँदै अर्थमन्त्रीसमक्ष बताएका थिए । 

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत भन्सार विभागका कर्मचारीहरू नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए । जसमध्ये भन्सार अधिकृत नकुल शर्माको मात्रै शव भेटिएर अन्तिम संस्कार गरिएको छ । बाँकी १४ जना अझै सम्पर्कबिहिन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको...
उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भन्दै साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भन्दै साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

आदेशअनुसार जरिवाना रकम सात दिनभित्र सम्बन्धित कार्यालयले उपलब्ध गराएको राजस्व खातामा जम्मा गरी सोको बैंक भौचरको दुई प्रति सम्बन्धित शाखामा पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए ऐनको...
निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

आयोगका अध्यक्ष डा रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ ।
पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

राष्ट्रिय सभामा माननीय सदस्य पदमबहादुर परियारले पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने विषय उठाएपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले...