नेभिगेशन
समाज

रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । 

Ncell
Extreme Energy

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ । 

बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ । कालीगण्डकीको बाढी, पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चुँडाएर क्षति पुर्‍याएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का...
एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

नेकपा (एमाले)का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सपथ ग्रहण गर्ने भएका छन् ।
मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् विनोद पोखरेलले असोज १६ देखि २३ गतेसम्म देशभर ठूलो वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार यस अवधिमा मुख्यतः हल्का वर्षा हुने देखिए पनि...