नेभिगेशन
सबै कुरा

यातायातमन्त्री भन्छन्, 'बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुँदैन'

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । 


बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दसैँ अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो । त्यसको बिकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सूचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

सो सडक–खण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेको र सडक बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उनले बताए । उनले बाढीका कारण बीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जानकारी दिए । दशैँअघि उपत्यका बाहिरिने अन्य राजमार्गहरु सूचारु हुने उनले भनाइ छ । शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको जिकिर गरे । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीका कारण बीपी राजमार्ग अहिलेको जस्तो क्षति हुने कल्पना पनि नगरिएको बताए । उनले बाढीका कारण अवरुद्ध सडक सूचारु गर्न तीव्र रुपमा काम भइरहेको जानकारी दिए । मन्त्री दाहालले विपदका बेला भाडादरमा हुने ठगि रोक्न निरन्तर अनुगमन हुने धारणा राखे ।

बर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरुका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ । अझैपनि ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । जसअनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड,  बिपि राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्ड, पुष्पलाल मध्यपहाडी मार्गको दोलालघाट–राकथुमखण्ड, कान्ती राजपथको घपेली–बगुवाखण्ड र मेचि राजमार्गको रमिते–फिदिमखण्ड अवरुद्ध छन् । बाढीले बगाएका सडक सूचारु गर्नका लागि अस्थायी संरचना बनाउन मात्र करिव ३ अर्व लाग्ने अनुमान मन्त्रालयले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...