नेभिगेशन
सबै कुरा

यातायातमन्त्री भन्छन्, 'बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुँदैन'

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दसैँ अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो । त्यसको बिकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सूचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

सो सडक–खण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेको र सडक बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उनले बताए । उनले बाढीका कारण बीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जानकारी दिए । दशैँअघि उपत्यका बाहिरिने अन्य राजमार्गहरु सूचारु हुने उनले भनाइ छ । शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको जिकिर गरे । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीका कारण बीपी राजमार्ग अहिलेको जस्तो क्षति हुने कल्पना पनि नगरिएको बताए । उनले बाढीका कारण अवरुद्ध सडक सूचारु गर्न तीव्र रुपमा काम भइरहेको जानकारी दिए । मन्त्री दाहालले विपदका बेला भाडादरमा हुने ठगि रोक्न निरन्तर अनुगमन हुने धारणा राखे ।

बर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरुका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ । अझैपनि ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । जसअनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड,  बिपि राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्ड, पुष्पलाल मध्यपहाडी मार्गको दोलालघाट–राकथुमखण्ड, कान्ती राजपथको घपेली–बगुवाखण्ड र मेचि राजमार्गको रमिते–फिदिमखण्ड अवरुद्ध छन् । बाढीले बगाएका सडक सूचारु गर्नका लागि अस्थायी संरचना बनाउन मात्र करिव ३ अर्व लाग्ने अनुमान मन्त्रालयले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।