नेभिगेशन
सबै कुरा

जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछानेले आफूले जनतालाई आफ्नो मालिक मानेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाईका लागि चितवनको इच्छाकामना गाउँपालिका पुगेका लामिछानेले आफ्ना लागि जनतानै सर्वस्व भएको र जनताको अदालत आफ्ना लागि सबैभन्दा ठूलो अदालत भएको बताएका छन् । 

कार्यक्रममा बोल्दै लामिछानेले आफ्ना लागि जनता भन्दा ठूलो केही नभएको र जनताका आदेशअनुरुप हिँडिरहेको बताएका छन् । ‘जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो । जनअदातलमा उभिनुभन्दा महत्वपूर्ण कुरा एक आम मान्छेका लागि एक सार्वजनिक मानिसका लागि, त्यो भन्दा एक जनप्रतिनिधिका लागि सबैभन्दा ठूलो कुरा केही पनि हैन । मैले जनतालाई जनार्दन मानेको छु । नेपालका जनताले जे भनेका छन्, त्यसो शिरोपर गरेर हिँडेको छु ।’, सभापति लामिछानेले भने, ‘जनतालाई मालिक मानेको हुनाले मैले अन्य कसैका आदेशहरुलाई पालना गर्दै आएको छैन ।’

त्यस्तै उनले आफूलाई चितवनका जनताले संसदको सबैभन्दा बढी मत प्राप्त गर्ने जनप्रतिनिधि बनाएका कारण आफूलाई जनताको कठघरामा उभिन समस्या नहुने बताएका छन् । ‘म आफ्नो मालिक जनतालाई मान्ने हुनाले अझ आफ्नै क्षेत्रका जनता जसले भोट दिएर पठाउनुभएको छ । भोट मात्र दिएर पठाउनुभएको छैन, संघीय संसदको सबैभन्दा बढी मत प्राप्त गर्ने एउटा जनप्रतिनिधि तपाईँले बनाउनुभएको हुनाले जनताको यो कठघरामा उभिएको छु ।’, रवि लामिछानले भने ।

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर सार्वजनिक सुनुवाई गर्दै आएका छन् । निर्वाचन पहिले घोषणा गरेअनुरुप सभापति लामिछानेले यसपटक चितवनको इच्छाकामना गाउँपालिकामा शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई गरेका हुन् । उनले यसअघि नै दुई पटक निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरिसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...