नेभिगेशन
सबै कुरा

जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछानेले आफूले जनतालाई आफ्नो मालिक मानेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाईका लागि चितवनको इच्छाकामना गाउँपालिका पुगेका लामिछानेले आफ्ना लागि जनतानै सर्वस्व भएको र जनताको अदालत आफ्ना लागि सबैभन्दा ठूलो अदालत भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा बोल्दै लामिछानेले आफ्ना लागि जनता भन्दा ठूलो केही नभएको र जनताका आदेशअनुरुप हिँडिरहेको बताएका छन् । ‘जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो । जनअदातलमा उभिनुभन्दा महत्वपूर्ण कुरा एक आम मान्छेका लागि एक सार्वजनिक मानिसका लागि, त्यो भन्दा एक जनप्रतिनिधिका लागि सबैभन्दा ठूलो कुरा केही पनि हैन । मैले जनतालाई जनार्दन मानेको छु । नेपालका जनताले जे भनेका छन्, त्यसो शिरोपर गरेर हिँडेको छु ।’, सभापति लामिछानेले भने, ‘जनतालाई मालिक मानेको हुनाले मैले अन्य कसैका आदेशहरुलाई पालना गर्दै आएको छैन ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूलाई चितवनका जनताले संसदको सबैभन्दा बढी मत प्राप्त गर्ने जनप्रतिनिधि बनाएका कारण आफूलाई जनताको कठघरामा उभिन समस्या नहुने बताएका छन् । ‘म आफ्नो मालिक जनतालाई मान्ने हुनाले अझ आफ्नै क्षेत्रका जनता जसले भोट दिएर पठाउनुभएको छ । भोट मात्र दिएर पठाउनुभएको छैन, संघीय संसदको सबैभन्दा बढी मत प्राप्त गर्ने एउटा जनप्रतिनिधि तपाईँले बनाउनुभएको हुनाले जनताको यो कठघरामा उभिएको छु ।’, रवि लामिछानले भने ।

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर सार्वजनिक सुनुवाई गर्दै आएका छन् । निर्वाचन पहिले घोषणा गरेअनुरुप सभापति लामिछानेले यसपटक चितवनको इच्छाकामना गाउँपालिकामा शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई गरेका हुन् । उनले यसअघि नै दुई पटक निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरिसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।