नेभिगेशन
समाज

उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भन्दै साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

काठमाडौँ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (अ) बमोजिमको कसुर गरेको देखिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्बन्धित निकायले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४९ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

Ncell
Extreme Energy

आदेशअनुसार जरिवाना रकम सात दिनभित्र सम्बन्धित कार्यालयले उपलब्ध गराएको राजस्व खातामा जम्मा गरी सोको बैंक भौचरको दुई प्रति सम्बन्धित शाखामा पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए ऐनको दफा ४९ को उपदफा (४) बमोजिम थप कारबाही हुनेसमेत आदेशमा उल्लेख छ।

यस्तै, उक्त आदेश चित्त नबुझेमा आदेश प्राप्त भएको सात दिनभित्र जरिवाना रकमको ५० प्रतिशत रकम धरौटीस्वरूप सम्बन्धित खातामा जम्मा गरी विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारीसमेत गराइएको छ।

सम्बन्धित निकायले जारी गरेको आदेशमा साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी प्रावधान उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरिएको उल्लेख छ।

b1697bfc-655b-4353-87ef-6327abc6a186-(1)-1790860801.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।