नेभिगेशन
सबै कुरा

हत्यारालाई दिइएको आममाफीबारे रास्वपा नेताहरुलाई राष्ट्रपतिको जवाफ : सरकारले पठाएपछि मैले इन्कार गर्न मिल्दैन

१५ असोज, काठमाडौं । हत्यारालाई सजाय मिनाहाको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था नै त्यस्तै रहेकाले आफूले इन्कार गर्न नसक्ने बताएका हुन् । 

Ncell
Extreme Energy

संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्थाका बारेमा पनि राष्ट्रपति पौडेलको भनाई छ । 

संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उनले स्मरण गराए ।  

“हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईंहरुले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन”, राष्ट्रपति पौडेलले भने, “तपाईंहरू संसद्मा हुनुहुन्छ, सरकार पनि संसद्मा नै छ, त्यही तपाईहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।” 

उनले कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएको चाँही उल्टो भयो कि जस्तो लागेको बताए। “संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु”, पौडेलले भने, “जहाँसम्म छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रिया पु¥याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।”

राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको स्मरण गराए। यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै राष्ट्रपति पौडेलले भने, “तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होशियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिदैछ, यसमा तपाईंहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईंहरूको दायित्व हो ।” 

सो क्रममा रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताएका छन् । उनले मुलुककै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...