नेभिगेशन
सबै कुरा

सहकारी प्रकरणमा रवि लामिछाने दोषी छैनन्ः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानविन प्रतिवेदनले नै लामिछानेलाई दोषि नदेखाएको बताएका हुन् । लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही बिषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए । प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकिर गरे । 

Ncell
Extreme Energy

त्यस्तै प्रचण्डले सहकारी छानविनको समिति गठनको बिपक्षमा रहेका केपी ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारवाही गर्न कसैले नरोकेको धारणा राखे । आफु प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले क्लीन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारीक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए ।

‘मैले भनेर पक्रने नपक्रने होइन । सरकार छ सम्बन्धित निकाय छ । र सहकारी सम्बन्धी जुन कार्यदल बन्यो संसदबाट, त्यो बनाउनुपर्छ भन्नेमध्ये एउटा म पनि हो र रवि लामिछाने पनि हो । बरु बनाउनु पर्दैन भन्ने केपी ओली जि हो’, उनले भने, ‘अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ । कारबाही गर्न कसैले रोकेको छैन यदि छ भने । तर कार्यदलले सहकारी ठगीमा रवि लामिछानेलाई आरोपित गरेको अहिले पनि छैन ।’

त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अव एक्लै चूनाव लडेर जित्ने दावी गरे । उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफुहरु बाढीपहिरो पीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत...