नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको ४ कराेड बढी सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा  वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् । छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु एक करोड, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु एक करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Extreme Energy

यसैगरी, प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । 

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै