नेभिगेशन
सबै कुरा

पाँचखालका नगरप्रमुखद्वारा तीन वर्षको तलबभत्ता बाढीपीडितलाई सहयोग गर्ने घाेषणा

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खरेलले सो रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए।  “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उनले भने । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ । 

Ncell
Extreme Energy

पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया गरिमा चौधरीका आमाबाबु र गृहमन्त्री सुधन गुरुङबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।
काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न...
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति...