नेभिगेशन
सबै कुरा

भुक्तानी नदिएको भन्दै चन्द्रपुर नगरपालिकामा तालाबन्दी

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले काम गरेको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले सोमबार तालाबन्दी गरेका छन् । चन्द्रपुर नगरपालिकाले विभिन्न समयमा दिएको कार्यदेश अनुसार सम्पन्न गरेको कामको सवै कागजात दुरुस्त बुझाउदा समेत बर्षौ देखि भुक्तानी नदिएको भन्दै आज बाध्य भएर तालाबन्दी गर्नु परेको नेपाली काग्रेसका नेता सुमन गौतमले जानकारी दिए  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चाडपर्वको मुखमा रकम भुक्तानी दिन्छु भन्दै आश्वासन दिएपनि केही दिन देखि चन्द्रपुर नगरपालिकामा नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत नबसेका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको उनले सिधाकुरालाई बताए ।

Extreme Energy

चन्द्रपुर नगरपालिका  ९ का वडा अध्यक्ष नवराज देवकोटाले उपभोक्ता समिति बर्षौदेखि कागजात बोकेर हिँड्दा समेत भुक्तानी नपाएको आक्रोशमा तालाबन्दी गरिएको बताए ।  आफु अनुकुलका उपभोक्ता समिती र निर्माण व्यवसायीलाई भुक्तानी दिने तर सोझासाझा समितिलाई अनावश्यक दुख दिने गरेको आरोप उनीहरुको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै