नेभिगेशन
सबै कुरा

पुण्य गौतममाथि रड प्रहार, आइसियूमा राखेर उपचार

काठमाडौँ । सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति घर फर्कने क्रममा जोरपाटीमा उनीमाथि रड प्रहार भएको हो । आक्रमणबाट सख्त घाइते भएका गौतमको टाउकोमा चोट लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राय सामाजिक तथा राजनीतिक विषयवस्तुमाथि टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा भाइरल गौतममाथि आक्रमण भएको उनको पारिवारिक श्रोतले जनाएको छ । आक्रमणकारी प्रहार गरेको रडले उनको टाउको फुटेको छ ।

Ncell
Extreme Energy

हिँडिरहेको अवस्थामा एक व्यक्तिले पछाडिबाट रड प्रहार गरेर फरार भएपछि उनलाई स्थानीयको सहयोगमा जोरपाटीकै नेपाल मेडिकल कलेजमा पुर्याइएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेका कारण उनको आइसियूमा उपचार भइरहेको छ । 

आक्रमणकारीलाई पक्राउ गरेर कारबाहीको माग गर्दै उनको परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।