नेभिगेशन
सबै कुरा

तस्विरमा खोकनाको सिकाली जात्रा

ललितपुर । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि  परम्परागत रूपमा यहाँ दसैँ भने मनाइँदैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्कन्दपुराणको माघ महात्म्यमा उल्लेख भए अनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरवितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलवार बिहानै सिकाली चौरमा यज्ञ मण्डप बनाएर यज्ञ लगाइएको थियो । सोही यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन् ।

Ncell
Extreme Energy

मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीका टालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् । खोकनावासी दसैं मनाउँदैनन् । यो जात्रालाई दसैंभन्दा पुरानो संस्कृति भएकोले यो जात्रा मनाएपछि दसैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।