नेभिगेशन
सबै कुरा

दसैँले छपक्कै छोप्यो तर छैन घर जाने बसको टिकट (भिडियाे)

काठमाडौँ । नवराज पौडेललाई दसैँ मनाउन अछाम पुग्नु छ । तीन दिनदेखि बसपार्क भित्रै काम गर्ने साथीहरूको प्रयासबाट टिकट नपाएपछि उनी सोमबार आफैँ नयाँ बसपार्क पुगे । अछाम जाने बसका सबै काउन्टर धाए । सबै काउन्टरमा टिकट सकिएको सूचना टाँसिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘मैले ३ दिनदेखि साथीहरूलाई टिकट बुझिदिन भनेको थिएँ तर कहिल्यै पाइएन भने । त्यसैले म आफैँ आज बसपार्क आएको,’ बसपार्कमा भेटिएका नवराजले सिधाकुरासँग भने, ‘बिहानैदेखि बसपार्कमा गएपछि जसोतसो टिकट पाइन्छ भनेर मुखमा पानी पनि नहाली यहाँ (बसपार्क) आएको । यतिबेला भइसक्यो टिकट पाइएको छैन ।’

दसैँ नजिकिँदै गर्दा बस नभएका कारण घर नपुग्ने डरले उनी छट्पटिएका छन् । केही उपाय नलागे उभिएरै भए पनि घर नगई नहुने उनले सुनाए । ‘ टाढाको बाटो छ । उभिएर र रिजर्भमा मात्रै जान पाइन्छ भन्ने हल्ला सुन्छु, हाम्रो कन्तबिजोग भयो,’ उनले भने ।


सुर्खेतका लागि छुट्न लागेको बसमा चढेका केही यात्रुहरुले बस व्यवसायीले क्याबिनको भनेर काटेको टिकटमा सिट नभएको बताए । बसको सिट समेत तोकेर काटिएको टिकट थमाएपनि मुढामा बसेर र उभिएर जानुपर्ने अवस्था आएको एक यात्रु बताउँछन् । ‘क्याबिन भनेर टिकट काटिएको छ । तर, करिडोरमा उभिएर यात्रा गर्नुपर्ने अवस्था आयो,’ ति यात्रुले भने । 

बसपार्क क्षेत्रमा दसैँमा घर जानका लागि टिकट लिन आएका अधिकांश यात्रुहरू टिकट नपाएको गुनासो गर्छन । कतिपय यात्रुहरूका अनुसार सिटको  भनेर बस मालिकहरूले क्याबिन र मुढाको समेत टिकट काटेको उनीहरूको गुनासो छ । 

काठमाडौँबाट धनगढी जान लागेका बसका अर्का एक यात्रुले पनि आफूहरू आफूले सिटको टिकट काटेको तर सिट नपाएको गुनासो गरे । बस व्यवसायीहरूले काठमाडौँबाट लामो दूरीका लागि छुट्ने बसको टिकट बुक भइसकेको भन्दै अहिले नयाँ टिकट बिक्री बन्द गरेका छन् । 


मङ्गलबार सिधाकुरा टिम बसपार्कको टिकट काउन्टरमा पुग्दा पश्चिम जाने अधिकांश टिकट काउन्टरको बाहिर टिकट खाली नभएको सूचना टाँस गरिएको थियो । टिकट नपाएपछि टिकट लिन पुगेका अधिकांश सर्वसाधारण खाली हात फर्किन बाध्य छन् भने कोही टिकटबिना नै उभिएर यात्रा गर्न बसमा कोचिन विवश देखिन्छन् । 

नेपालगञ्ज, धनगढी, लम्की, अत्तरिया लगायत पश्चिम जाने अधिकांश बसको टिकट सकिएको छ । त्यस्तै कोहलपुर, डडेलधुरा, बैतडी, दार्चुला लगायतका स्थानमा जाने बसको टिकट समेत सकिएको बसपार्कको झ्यालमा टाँसिएको सूचनामा उल्लेख छ । 


यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि लामो रुटमा चल्ने सवारीका लागि अग्रिम टिकट खुल्ला गरेका थिए। असोज १० र ११ गतेदेखि परेको अविरल वर्षा र त्यससँगै आएको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सुरुका दिनमा यात्रुहरुको खासै चाप नभएपनि पछिल्ला दिनहरुमा टिकट काट्नेको भिड लागेको थियो ।

असोज २० गते नै फुलपातिसम्मका लागि अधिकांश स्थानका लागि टिकट बुक भइसकेको व्यवसायीहरु जिकिर गर्छन् । सवारीसाधन समयमै गन्तव्यमा नपुग्दा र नफर्किदाँ पनि यात्रुहरुलाई समस्या भएको व्यवसायी हेमराज भट्ट बताउँछन् । 

‘२४ गतेसम्मका लागि सबै टिकट बिक्री भइसकेको छ,’ टिकट काउन्टरमा भेटिएका उनले भने ‘बाटो खराब भएका कारण भनेकै समयमा गन्तव्यमा पुग्न नसक्दा गाडी अभाव भएको हो । केही गरी गाडीहरु समयमै आउने अवस्था बन्यो भने हामी जसरी पनि यात्रु लाने प्रयास गर्छौँ ।’ यातायात व्यवसायीहरुका अगुवा सरोज सिटौला विपद्का कारण बिग्रिएको सडकको मारमा दसैँका यात्रु परेको बताउँछन् । 

यात्रुहरुलाई जसरी पनि सेवा दिने गरी व्यवस्थापनमा ध्यान दिइए पनि सडकमा अत्याधिक जाम भएका कारण बसहरु गन्तव्यमा पुग्न र फर्कन नसकेको उनले बताए । यसवर्ष यात्रुहरुको चाप कम रहेको तर बसहरु नै विपद्का कारण फसेकाले सेवा प्रवाह असजिलो बनेको उनको दाबी छ ।  


‘हामी सेवा दिन दिनरात नभनी खटेका छौँ । यात्रुहरुलाई सकेसम्म टिकट दिएर सिटमै बसेर घर पठाउन मेहनत गरिरहेका छौँ,’ सिटौलाले भने,‘पहिरोका कारण बिग्रिएका सडकमा ठूलो जामका कारण समस्या भइरहेको छ ।’ चाडपर्वको समयमा पर्याप्त सवारी साधन उपलब्ध गराउन सरकारले तदारुकता नदेखाएको यात्रुहरुको आरोप छ ।    

तर जनताले सास्ती पाइरहँदा उता यातायात व्यवस्था विभागका जिम्मेवार अधिकारी भने सम्पर्कविहिन छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला...
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...