नेभिगेशन
सबै कुरा

सर्पले डसेर इलाममा एक महिलाको मृत्यु

इलाम । विषालु सर्पले डसेर इलाममा एक महिलाको मृत्यु भएको छ । इलाम नगरपालिका २ सुम्बेक निवासी ४१ वर्षीया महिला सीता राईको उपचारको क्रममा मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतक सीतालाई आईतबार राती ११ बजे शौचालय जाने क्रममा हातको कान्छी औँलामा सर्पले डसेको थियो । उपचारको लागि उनलाई झापाको चारआलीस्थित सर्पदंश उपचारमा केन्द्रमा पुर्याइएको थियो । सोमवार बिहान ४ बजे अस्पताल पुर्याइएको उनको त्यहाँ उपचार सम्भव नभएपछि बिएण्डसी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको वडा अध्यक्ष गिरीराज रिजालले जानकारी दिए ।

Ncell
Extreme Energy

केही दिनदेखि मेची राजमार्गको राजदुवालीमा सडक अवरुद्ध भएपछि उनलाई माईजोगमाईको केन्द्र नयाँबजार हुँदै झापा लागिएको थियो । समयमा नै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको अध्यक्ष रिजालको भनाई छ । सर्पले डसेपछि उनलाई अस्पताल पुर्याउन नै ५ घण्टा लागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।