नेभिगेशन
सबै कुरा

कर्मचारी व्यवस्थापनमा वन मन्त्रालयले हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति

काठमाडाैँ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन तथा वातावरण मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले मन्त्रालयमार्फत समितिले कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि मन्त्रालयले सिधै ईकाइमा कर्मचारी पठाउदा कार्यसम्पादनमा समस्या भएको जनाएको हो ।

Ncell
Extreme Energy

समिति अन्तर्गतका पाँच वटा इकाइमा सिधै कर्मचारी पठाउने र फिर्ता गर्ने प्रक्रिया समितिको गठन आदेश र नियमावलीको विरुद्धमा रहेको समितिका अध्यक्ष डा किरण पौडेलले बताए । मन्त्रालयले इकाइहरुमा सिधै कर्मचारी पठाउदा कर्मचारी परिचालन गर्न अप्ठेरो भएको र कार्यसम्पादनमा समेत असर परेको उनले बताए । 

यस विषयमा मन्त्रालयमा लिखित पत्र पठाउदा पनि चालू आर्थिक बर्षमा समेत समितिको जानकारीविना कर्मचारी पठाउने , सरुवा गर्ने लगाएतका काम भएको पौडेलको भनाइ छ । त्यस्तै उनले बजेट होल्डिङ र योजना तर्जुमामा समेत मन्त्रालयबाट हस्तक्षेप भएको बताए । यसका कारण समितिले स्वतन्त्र भइ कार्य गर्न बाधा पुगेको गुनासो गरे ।

त्यस्तै समितिले वैदेशीक सहायता लिनमा समेत असहयोग भएको जनाएको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये चूरे समिति सरकारबाट प्राप्त बजेटको अधिकतम प्रयोग गरि ९० प्रतिशत भन्दा बढि भौतिक तथा वित्तीय प्रगति गर्ने निकाय भएको समितिले उल्लेख गरेको छ । समितिले चूरे संरक्षणका लागि छुट्टै ऐनको आवश्यता सवै पक्षबाट महशुस भएकाले समितिले चुरे संरक्षण ऐनको मस्यौदा तयार गरेको जानकारी दिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौँका ९२ निजी विद्यालयलाई स्पष्टीकरण

विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न...
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति...
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...
कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने उल्लेख गरे । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको...