नेभिगेशन
सबै कुरा

कर्मचारी व्यवस्थापनमा वन मन्त्रालयले हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति

काठमाडाैँ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन तथा वातावरण मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले मन्त्रालयमार्फत समितिले कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि मन्त्रालयले सिधै ईकाइमा कर्मचारी पठाउदा कार्यसम्पादनमा समस्या भएको जनाएको हो ।

Extreme Energy

समिति अन्तर्गतका पाँच वटा इकाइमा सिधै कर्मचारी पठाउने र फिर्ता गर्ने प्रक्रिया समितिको गठन आदेश र नियमावलीको विरुद्धमा रहेको समितिका अध्यक्ष डा किरण पौडेलले बताए । मन्त्रालयले इकाइहरुमा सिधै कर्मचारी पठाउदा कर्मचारी परिचालन गर्न अप्ठेरो भएको र कार्यसम्पादनमा समेत असर परेको उनले बताए । 

यस विषयमा मन्त्रालयमा लिखित पत्र पठाउदा पनि चालू आर्थिक बर्षमा समेत समितिको जानकारीविना कर्मचारी पठाउने , सरुवा गर्ने लगाएतका काम भएको पौडेलको भनाइ छ । त्यस्तै उनले बजेट होल्डिङ र योजना तर्जुमामा समेत मन्त्रालयबाट हस्तक्षेप भएको बताए । यसका कारण समितिले स्वतन्त्र भइ कार्य गर्न बाधा पुगेको गुनासो गरे ।

त्यस्तै समितिले वैदेशीक सहायता लिनमा समेत असहयोग भएको जनाएको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये चूरे समिति सरकारबाट प्राप्त बजेटको अधिकतम प्रयोग गरि ९० प्रतिशत भन्दा बढि भौतिक तथा वित्तीय प्रगति गर्ने निकाय भएको समितिले उल्लेख गरेको छ । समितिले चूरे संरक्षणका लागि छुट्टै ऐनको आवश्यता सवै पक्षबाट महशुस भएकाले समितिले चुरे संरक्षण ऐनको मस्यौदा तयार गरेको जानकारी दिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै