नेभिगेशन
सबै कुरा

कुलेश्वरमा किन लखेटिए प्रधानमन्त्री ओलीको विश्वास पात्र वाणिज्यमन्त्री दामोदर भण्डारी

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी । सुदूरपश्चिममा एमालेका युवा नेताको रुपमा लोकप्रिय भण्डारी ओलीको रुचिकै कारण पछिल्लो निर्वाचनयता एउटै मन्त्रालयमा तेस्रो पटक मन्त्रीको भूमिकामा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्योग, वाणिज्य र व्यापार क्षेत्रमा खासै अनुभव नभएका उनलाई आफ्नो फाइदाअनुसार प्रयोग गर्न प्रधानमन्त्री ओली र उनलाई घेरेको स्वार्थ समूहले २०७९ यता तीन पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएको छ ।

Ncell
Extreme Energy

तेस्रो पटक मन्त्री बनेको एक सय दिन नपुग्दै तिनै मन्त्री आइतबार कुलेश्वर क्षेत्रको फलफूल मण्डीबाट लखेटिए । वाणिज्य विभागले तय गरेको बजार अनुगमन कार्यक्रम तालिकानुसार तरकारी तथा फलफूलको बजार अनुगमन गर्न पुगेका मन्त्री भण्डारी करिब २ सय हाराहारीका व्यवसायीहरूले तुच्छ टिप्पणी गर्दै लखेटे ।

आइतबार विभागको टोली र केही सञ्चारकर्मीसमेत पुगेका मन्त्री भण्डारीमाथि व्यवसायीहरूले हुलहुज्जत र नाराबाजी गर्दै विरोध गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए । मन्त्री भागेको भोलिपल्ट सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी र प्रहरी समेत सहभागी एक बैठकले मन्त्री लखेट्ने व्यवसायीहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । अनुगमनमा अवरोध गर्नेलाई कारबाही गर्ने निर्णय भएको जानकारी मङ्गलबार उद्योग मन्त्रीको सचिवालयले सार्वजनिक गरेको हो ।

कालीमाटी र कुलेश्वरका व्यवसायीहरू समेत सहभागी बैठकले अनुगमनमा नसघाउनेलाई अभद्र व्यवहारमा कसुरमा कारबाही गर्ने निर्णय भएको मन्त्री भण्डारीको सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । दशैंको मुखैमा उपभोक्तालाई महँगो मूल्य असुल गर्नेहरु विरुद्ध भएको अनुगमन नियोजित रुपमा बिथोलिएको सरकारी निचोड छ । तर, कुलेश्वर र कालिमाटी क्षेत्रका व्यवसायीहरूले भने सरकारले राहत दिनुपर्ने बेलामा आहत दिएको दाबी गरेका छन् ।

किन लखेटिए उद्योग मन्त्री र विभागका डिजी ? 

अघिल्लो साताको बाढीका कारण काठमाडौँ उपत्यकासहितका काँठका केही जिल्ला नराम्रोसँग प्रभावित भयो । बाढीबाट धनजनको धेरै क्षति भएको मध्ये काठमाडौँको दुई क्षेत्र थिए कालीमाटी र कुलेश्वर ।

बागमती र विष्णुमती नदीको बाढी कुलेश्वर क्षेत्रको खाद्यान्न, तरकारी र फलफूलको होलसेल गोदाम क्षेत्रमा ९ फिटसम्म जमेको थियो । बाढीले व्यापारीका माल समान कुहिनुका साथै खातापाता समेत भिजेका कारण व्यवसायीहरू निरास थिए ।

तरकारी तथा फलफूल व्यवसायी राष्ट्रिय महासंघका महासचिव बिनोद पाण्डेकाअनुसार बजारका साढे ३ सय फलफुल मण्डी मध्ये साढे २ सय वटा बढी पसलमा क्षति पुर्याएको थियो । सबै पसल डुबे पनि धेरै क्षति पुगेका पसलहरुको क्षति मात्रै कम्तीमा २० करोडको हाराहारी भएको उनी बताउँछन् । बाढीले डुबेको बजारमा हिलो समेत सोहोरी नसकेको र बाढीले भिजेको बिल र खाता बगरमा सुकाएर बसेका व्यवसायीहरुमाथि राज्यले फरक व्यवहार गरेको पाण्डे बताउँछन् ।

रातोपाटी डटकमले सार्वजनिक गरेको भिडियोअनुसार फलफूल र तरकारी बजारमा बिलबिजक र मूल्य जाँच गर्दै हिंडेका मन्त्रीलाई व्यापारीहरु लखेटेको देखिन्छ । ‘भ्रष्ट मन्त्री मुर्दावाद, राज्य संयन्त्र मुर्दावाद । राज्य आउने बेला यही हो ? यस्ता फटाहा मन्त्री त एक चाहिएन, दुई चाहिएन, तीन चाहिएन, गुण्डा मन्त्री ?’ सर्वजनिक भएको भिडियोमा विरोध गरिरहेका व्यवसायीहरुले भनेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले मन्त्रीसहितको अनुगमन टोलीलाई अवरोध गर्नेलाई सार्वजनिक अपराधको कसुरमा कारबाही गर्न जिल्ला प्रसाशनमा सिफारिस गरिएको बताए । उनकाअनुसार अनुगमन बिथोल्न करिब २ सयको संख्यामा मानिसहरु एकीकृत भएर लागेको भिडियोहरु हेरेर थाहा पाएको बताए । ‘महानिर्देशक स्तरीय बैठकबाट २१ गते सोमबार कारबाहीको निर्णय भएको छ,’ कार्कीले भने,‘सार्वजनिक अपराधको मुद्दामा कारबाही गर्न भनिएको छ ।’ मन्त्रीसहितको अनुगमन बिथोल्न व्यापरीहरु नै लागेको विभागको भनाई छ ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी महासंघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले पनि कालीमाटी, बल्खु र कुलेश्वर क्षेत्रको साझा समस्याबारे राज्यले नबुझेको बताउँछन् । ‘९ फिटसम्म बाढीले डुबेको छ । हिलो र पानी अझै पन्छाउन सकेको छैन् । बाढी गएको २ सातासम्म सरकार के छ भनेर सोध्न आएकै छैन् तर एक्कासी खाता हेर्न आए पछि समस्या भए जस्तो लाग्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्,‘करोडौँ क्षतिका कारण व्यवसायीहरु चाड नै बिग्रिएको अवस्थामा राज्यले के गर्नु पर्ने थियो ? के गर्यो ? त्यो उसले मूल्यङ्कन गर्नु पर्छ ।’ यो बर्खामा मात्रै कालीमाटी देखि बल्खुसम्म ३ पटक डुबेको उनले बताए । 

कारबाही किन ? 

मन्त्रीमाथि घटना भएको दिन आफू त्यहाँ नरहे पनि सो दिन राज्यका निकाय कुलेश्वर क्षेत्र आएर आहतमा परेका व्यापारीमाथि पिडा दिने काम भएको महासंघका महासचिव बिनोद पाण्डे बताउँछन् । ‘घटना मैले पनि समाचारबाट थाहा पाएँ,’ महासचिव पाण्डे भन्छन्,‘यस्तो नहुनु पर्ने थियो । समस्यामा भएका व्यापारीलाई कस्तो छ भन्ने बुझ्न नआएको राज्य एकाएक बिल बिजक र मूल्य हेर्न आएपछि व्यपारीहरु आक्रोशित भएको हुनुपर्छ ।’ पाण्डे यसै आधारमा थप कारबाही गरिनु झनै गलत भएको बताउँछन् । व्यापारीले पनि गलत गर्न हुन्न राज्यले पनि व्यापारीको समस्या बुझिदिनु पर्ने उनको भनाई छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष गिता आचार्य राज्यले व्यवसायीलाई तर्साउने काम गरेको बताउँछन् । बाढीले डुबेको व्यापारीलाई नतर्साउन उनले आग्रह गरे । ‘बाढीले डुबेका छन् । करोडौँ गुमाएका छन्,’ आचार्य भन्छन्,‘यस्तो बेलामा मन्त्री स्टण्ड गर्न हिंड्ने होइन ।’ व्यवसायीहरुले यतिबेला राज्यको संरक्षण खोजेको उनले बताए ।

तस्विरःरातोपाटी टिभि

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।