नेभिगेशन
सबै कुरा

मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

Marvel
Extreme Energy

विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम  सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

मन्त्रालयका अनुसार पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएको निकायमा हाजिर नगरी उनीहरु सोहि पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई...
पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

पत्रकारमाथि प्रहरीको धरपकड, कोको परे पक्राउ ?

माचारबारे बुझ्नु छ भन्दै प्रहरीले पत्रकारमाथि धरपकड सुरू गरेको छ। शुक्रबार दिउँसो प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। उनलाई साइबर ब्यूरो लगिएको छ।
राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

राज्यका अंगहरूले किन गुमाउँदैछन् विश्वास ?

व्यवसायी दीपक भट्टले छोटो समयमा गरेको प्रगति र तरक्की लोभलाग्दो थियो । पछि पत्ता लाग्यो– उनी त नामुद बिचौलिया पो रहेछन् ।
नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

नयाँ पत्रिकाको कार्यालयमा छिर्‍यो सादा पोसाकका प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन्।