नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक  एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार  उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । 

Extreme Energy

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए । 

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै