नेभिगेशन
सबै कुरा

बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित छन् । उनले भने “ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए ।  दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ”  उनले भारतको मदरासबाट मदरासी (चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट  भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

Extreme Energy

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् ।  यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हँुदैआएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै