नेभिगेशन
सबै कुरा

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । 

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच  पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए  ।  

Dish Home
Global Ime Bank

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन् ।”

बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । सम्बद्ध टे«कीङ कम्पनीले अनुकुुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताए । 

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । 

‘आइ एम टे«कीङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ ९८,१६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

Photo:thehimalayantimes

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि  कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको अवस्थामा ३–४ जनाको समूहले मोबिल छ्याप्नुका...
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...

भर्खरै