नेभिगेशन
नेताका कुरा

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् । 

सम्वादका लागि मन्त्री यादव आज बेलुका ५ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय जाने भएकी छिन् ।  मन्त्री यादवसँग पछिल्लो ग्यास अभावबारे सवाल जवाफ हुनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रीहरुसँगको छलफललाई रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम भनेको छ । 

Ncell
Extreme Energy

यो कार्यक्रमको सुरुवात बिहीबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट भएको थियो । उनले कार्यक्रममा तिखो प्रश्नको सामना गर्दै तार्किक जवाफ दिएका थिए । 

यो कार्यक्रममा जोसुकै सर्वसाधारण नागरिक, शुभेच्छुक, पार्टी नेता कार्यकर्ता सहभागी हुन पाउँछ । 

रास्वपाले सरकारसँग नागरिकका प्रश्नको दुरी मेटाउन यो कार्यक्रमको सञ्चालन गरेको सहमहामन्त्री असिम शाहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।