नेभिगेशन
सबै कुरा

गृहमन्त्रीलाई ओलीको प्रश्न : तस्करलाई ढाकछोप गर्ने अनी हेटौँडा गएर ‘सुशासन भन्दै फुक्ने ?

१६ असोज, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले सुशासनको अभियान भन्दै गफ लगाएको बताएका छन् । हेटौंडाको एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै गृहमन्त्रीले सुशासन भन्दै उधुमै फुकेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा बोल्दै अ‍ोलीले भने, ‘हिजो माननीय गृहमन्त्री ज्यु ले हेटौँडामा गएर उधुमै फुक्नुभएछ । सुशासन अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा बिरोधीहरु लाग्या छन् । कुन बिरोधी लागे तपाईको सुशासन रोक्न ? ’ ओलीले प्रश्न गरेका छन् । 

Ncell
Extreme Energy

साथै उनले सुन प्रकरणको छानबिन गर्न सरकार आत्तिएको समेत आरोप लगाएकका छन् । गृहमन्त्रीलाई लक्षित गर्दै उनले भने, ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपार्ईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुहुन्छ । छनबिन गर्न आयोग बनाऔँ भन्दा १ महिना लाडाईँ गर्नुपर्छ । छानबिन गर्दा के बिगिन्थ्र्याे महासय तपाईँको ? किन आत्तिनुभएको स्वतन्त्र निष्पक्ष छानबिनसँग ? अनी गफ दिनुहुन्छ हेटौँडा गएर ?’

साथै उनले सुशासन सरकारको दायित्व भएको समेत उल्लेख गरेका छन् । ‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो की अभियान हो सरकारको ? सुसाशन भनेको सरकारको नियमित कर्तब्य हो । नियमित काम हो । सरकारले सुरक्षा दिनुपर्छ । भ्रष्ट्राचार कमिसनतन्त्र रोक्नुपर्छ । सुशासन दिन छोडेर, प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन, बिरोध गर्यो रे ।’

ओलीले भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरण र बे्रक शु लुकाई तस्करी गरिएको सुन प्रकरणमा सरकार तस्करलाई भागाउन लागि परेको समेत बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।