नेभिगेशन
सबै कुरा

गृहमन्त्रीलाई ओलीको प्रश्न : तस्करलाई ढाकछोप गर्ने अनी हेटौँडा गएर ‘सुशासन भन्दै फुक्ने ?

१६ असोज, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले गृहमन्त्रीले सुशासनको अभियान भन्दै गफ लगाएको बताएका छन् । हेटौंडाको एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै गृहमन्त्रीले सुशासन भन्दै उधुमै फुकेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा बोल्दै अ‍ोलीले भने, ‘हिजो माननीय गृहमन्त्री ज्यु ले हेटौँडामा गएर उधुमै फुक्नुभएछ । सुशासन अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा बिरोधीहरु लाग्या छन् । कुन बिरोधी लागे तपाईको सुशासन रोक्न ? ’ ओलीले प्रश्न गरेका छन् । 

Extreme Energy

साथै उनले सुन प्रकरणको छानबिन गर्न सरकार आत्तिएको समेत आरोप लगाएकका छन् । गृहमन्त्रीलाई लक्षित गर्दै उनले भने, ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपार्ईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुहुन्छ । छनबिन गर्न आयोग बनाऔँ भन्दा १ महिना लाडाईँ गर्नुपर्छ । छानबिन गर्दा के बिगिन्थ्र्याे महासय तपाईँको ? किन आत्तिनुभएको स्वतन्त्र निष्पक्ष छानबिनसँग ? अनी गफ दिनुहुन्छ हेटौँडा गएर ?’

साथै उनले सुशासन सरकारको दायित्व भएको समेत उल्लेख गरेका छन् । ‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो की अभियान हो सरकारको ? सुसाशन भनेको सरकारको नियमित कर्तब्य हो । नियमित काम हो । सरकारले सुरक्षा दिनुपर्छ । भ्रष्ट्राचार कमिसनतन्त्र रोक्नुपर्छ । सुशासन दिन छोडेर, प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन, बिरोध गर्यो रे ।’

ओलीले भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरण र बे्रक शु लुकाई तस्करी गरिएको सुन प्रकरणमा सरकार तस्करलाई भागाउन लागि परेको समेत बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।