नेभिगेशन
सबै कुरा

सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने ३ दलीय सहमति

काठमाडाैँ । प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

आयोग गठनका लागि अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो । बस्नेतले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको र शीर्ष दलबीच सहमति समेत भएको जानकारी दिए । 

उनले एकदिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र निश्चित समयभित्र आयोग गठनको काम टुङ्गीने उल्लेख गरे । आयोगमा रहने पदाधिकारीको सिफारिस सर्च कमिटीले गर्ने उनले बताए । 

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी थिए । गत भदौ १३ गते राष्ट्रपतिबाट उक्त आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...