नेभिगेशन
समाज

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

काठमाडौँ । सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले बढी हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । दुई दुई पटकका ठूला प्राकृतिक विपत्तिका बीच पनि विदेशी पर्यटकले उल्लेख्य रुपमा नेपाल भ्रमण गरेको देखिएको छ । 

Ncell
Extreme Energy

विशेषगरी सेप्टेम्बर र अक्टोबर महिनालाई नेपालमा ‘टुरिस्ट सिजन’का रुपमा लिइन्छ । बाढी, पहिरो जस्ता ठूला विपत्तिका कारण कतिपय पर्यटकले नेपाल भ्रमण रद्ध गरेका थिए । पर्यटन व्यवसायीहरुका अनुसार, नभएको भए सेप्टेम्बरमा अझ बढी पर्यटक नेपाल आउने थिए । 

अध्यागमन विभागले राखेको तथ्यांकका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणमा सेप्टेम्बरमा सार्क मुलुकका ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

त्यस्तै, अन्य एसियाली मुलुकका १९ हजार ८८८, युरोपेली मुलुकका १५ हजार १४८, ओसियाना क्षेत्रका ५ हजार ४२२, अमेरिका क्षेत्रका १० हजार १०७, मध्यपूर्वका २ हजार ६०६ र अफ्रिकी मुलुकका ४ सय २४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।