नेभिगेशन
सबै कुरा

स्थलगत अपडेटः मलेखु कट्यो रविलाई लिएर गएको प्रहरी,राजमार्गमा समर्थकलाई अवरोध

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदैछ ।

उनीलाई लिएर गएको प्रहरीको गाडी यतिबेला धादिङको मलेखुबाट अघि बढेको छ । रवि सवार प्रहरीको गाडीलाई प्रहरीको भ्यानले अघि र पछिबाट स्कटिङ गरेको छ भने उनीसँगै पार्टीका नेता र कार्यकर्ता पोखरा जाँदैछन् । 

पोखरा जाँदै गर्दा बाटो बाटोमा उनको समर्थनमा पार्टीका नेता कार्यकर्ता राजमार्गमा भेला भएका छन् । उनीहरूलाई प्रहरीले अवरोध र धरपकड गरिरहेको सिधाकुराका सम्वाददाता विष्णु ढुङ्गाना र लक्ष्मण गिरीले स्थलगत रिपोर्टिङमार्फत जानकारी दिएका छन् । 

धादिङको गल्छीमा भेला भएका रास्वपा कार्यकर्तालाई प्रहरीले अवरोध गरेको छ । चितवनबाट मुग्लिन आउँदै गरेका रास्वपा समर्थकलाई राजमार्ग नै अवरुद्ध गरेर जुगेडीमा रोकिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...