नेभिगेशन
सबै कुरा

स्थलगत अपडेटः मलेखु कट्यो रविलाई लिएर गएको प्रहरी,राजमार्गमा समर्थकलाई अवरोध

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर पोखरा लगिँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीलाई लिएर गएको प्रहरीको गाडी यतिबेला धादिङको मलेखुबाट अघि बढेको छ । रवि सवार प्रहरीको गाडीलाई प्रहरीको भ्यानले अघि र पछिबाट स्कटिङ गरेको छ भने उनीसँगै पार्टीका नेता र कार्यकर्ता पोखरा जाँदैछन् । 

Ncell
Extreme Energy

पोखरा जाँदै गर्दा बाटो बाटोमा उनको समर्थनमा पार्टीका नेता कार्यकर्ता राजमार्गमा भेला भएका छन् । उनीहरूलाई प्रहरीले अवरोध र धरपकड गरिरहेको सिधाकुराका सम्वाददाता विष्णु ढुङ्गाना र लक्ष्मण गिरीले स्थलगत रिपोर्टिङमार्फत जानकारी दिएका छन् । 

धादिङको गल्छीमा भेला भएका रास्वपा कार्यकर्तालाई प्रहरीले अवरोध गरेको छ । चितवनबाट मुग्लिन आउँदै गरेका रास्वपा समर्थकलाई राजमार्ग नै अवरुद्ध गरेर जुगेडीमा रोकिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।