नेभिगेशन
सबै कुरा

अपडेटः मुग्लिन पुग्याे रविलाई लिएर प्रहरी, प्रधानमन्त्री र गगन थापा विरुद्ध प्रदर्शन

मुग्लिन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा लैजाँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले पोखरा लैजाँदै गरेको हो । 

कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो । 

पोखरा प्रहरीलाई बुझाउन अहिले सीआईबीको प्रहरी टोली लामिछानेलाई लिएर पोखरा पुग्दैछ । लामिछाने सवार स्कोरपिर्यो गाडीलाई प्रहरीले अगाडि र पछाडिबाट स्कटीङ गर्दै अहिले मुग्लिन पार गरेको छ ।

लामिछानेको सर्मथन र सरकारको विरोधमा मुग्लिनमा सयौँ सर्मथकहरु सडकमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्री केपी ओली र नेपाली काङ्ग्रेसका नेता गगन थापा विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...