नेभिगेशन
सबै कुरा

हाम्रो लागि सरकार मरे पनि न्यायालयप्रति विश्वास छः उपसभापति डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले रास्वापलाई न्यायालयप्रति विश्वास रहेको दोहोराएका छन् । पोखरामा आयोजित विरोध प्रदर्शनमा बोल्दै अर्यालले सरकारले आफ्नो राजनीति सकिने डरले लामिछानेलाई पक्राउ गरेपनि न्यायालयले लामिछानेलाई मात्र नभई एउटा अभियानलाई बचाउने विश्वास व्यक्त गरे ।

उनले भने,‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु । उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायालयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायालय मरेको छैन। न्यायालयले रवि लामिछाने होइन, एउटा अभियानलाई बचाउनेछ ।’

Dish Home
Global Ime Bank

साथै अर्यालले लामिछाने र रास्वपासँग डराएर कांग्रेस एमालेले रविलाई अपत्याशित ढंगले पक्राउ गरेको गुनासो गरे । उनले भन,े ‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौं। हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्न थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्याशित ढंगले पक्राउ गरिरहेको छ।’

रास्वपा सकाउने मनसाय राखेर कांग्रेस एमालेले रवि लामिछानेलाई थुनेको दाबी अर्यालको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका...
महेश बर्तौलाको आरोप, ‘संघीय निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो’

महेश बर्तौलाको आरोप, ‘संघीय निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
सङ्घीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाएको भन्दै प्रतिपक्षको विरोध

सङ्घीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाएको भन्दै प्रतिपक्षको विरोध

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती विधेयक संसद्को कार्यसूचीबाट हटाइएको भन्दै आपत्ति जनाएको छ ।
नेकपा एसका सांसद थापाले संसदमै च्याते बजेट पुस्तिका (तस्विरहरु)

नेकपा एसका सांसद थापाले संसदमै च्याते बजेट पुस्तिका (तस्विरहरु)

उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए ।

भर्खरै