नेभिगेशन
सबै कुरा

महेश बर्तौलालाई मनिष झाको जवाफ : तपाईलाई आफ्नो नेता र पार्टीको भ्रष्ट आचरणबारे थाहा छ नि त

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा र यसका सभापति माथि लागेको आरोप विशुद्ध राजनीतिक प्रतिशोध भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति पक्राउ विरुद्ध पोखरामा चरणबद्ध आन्दोलन गरिरहेको पार्टीले मङ्गलबार आन्दोलनका तयारी सम्बन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाले यस्तो दाबी गरेका हुन् । 

Ncell
Extreme Energy

उनले आफ्नो पार्टी सभापति पक्राउ र उनीमाथि सरकारले लगाएको सबै आरोप प्रतिशोध पूर्ण भएकाले आन्दोलनमा लाग्नु परेको प्रष्ट्याए ।

एमाले नेता महेश बर्तौलाले रास्वपाले गरेको आन्दोलनबारेमा गरेको टिप्पणीप्रति पनि उनले आपत्ति जनाए । नेता बर्तौलाले आफ्ना नेताहरू पक्राउ पर्दा एमालेले न्यायलयलाई सघाएको तर रास्वपाले त्यसो नगरेको भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले त्यो एमालेका लागि स्वभाविक भएको प्रतिक्रिया दिए ।

‘एमाले र त्यसका नेताहरूलाई थाहा छ की उनीहरु वर्षौदेखि भ्रष्टाचारमा मुछिएका छन् । त्यसै भएर उनका नेता जेल जाँदा उनीहरु प्रतिरक्षा गर्न सक्दैनन्’ नेता झा ले थपे,‘ हाम्रो नेतामाथि सरकारले नियोजित र राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेको छ । यसमा हामी कन्भिन्स छौँ । त्यसकारण सडकमा छौँ । अन्तिम न्याय नपाएसम्म लडिरहन्छौँ ।’ 

नेता झाले सरकारले प्रक्रियागत ढङ्गबाट बोल्ने सबै ढोका बन्द गरेर रास्वपा र नेताहरुमाथि प्रतिशोध साँधेको पनि बताए । संसद बन्द गरिएको, संसदीय समितिहरू लथालिङ्ग पारिएको र आफ्नो कुरा राख्न सडकमा आउनुको विकल्प नभएको उनको भनाई छ । यो आन्दोलन अब नरोकिने भन्दै कार्यवाहक प्रवक्ता झाले भने, ‘अब भ्रष्टहरू यही आन्दोलनबाट लखेटिन्छन् ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...