नेभिगेशन
सबै कुरा

महेश बर्तौलालाई मनिष झाको जवाफ : तपाईलाई आफ्नो नेता र पार्टीको भ्रष्ट आचरणबारे थाहा छ नि त

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा र यसका सभापति माथि लागेको आरोप विशुद्ध राजनीतिक प्रतिशोध भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति पक्राउ विरुद्ध पोखरामा चरणबद्ध आन्दोलन गरिरहेको पार्टीले मङ्गलबार आन्दोलनका तयारी सम्बन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाले यस्तो दाबी गरेका हुन् । 

Extreme Energy

उनले आफ्नो पार्टी सभापति पक्राउ र उनीमाथि सरकारले लगाएको सबै आरोप प्रतिशोध पूर्ण भएकाले आन्दोलनमा लाग्नु परेको प्रष्ट्याए ।

एमाले नेता महेश बर्तौलाले रास्वपाले गरेको आन्दोलनबारेमा गरेको टिप्पणीप्रति पनि उनले आपत्ति जनाए । नेता बर्तौलाले आफ्ना नेताहरू पक्राउ पर्दा एमालेले न्यायलयलाई सघाएको तर रास्वपाले त्यसो नगरेको भन्ने सञ्चारकर्मीको प्रश्नमा झाले त्यो एमालेका लागि स्वभाविक भएको प्रतिक्रिया दिए ।

‘एमाले र त्यसका नेताहरूलाई थाहा छ की उनीहरु वर्षौदेखि भ्रष्टाचारमा मुछिएका छन् । त्यसै भएर उनका नेता जेल जाँदा उनीहरु प्रतिरक्षा गर्न सक्दैनन्’ नेता झा ले थपे,‘ हाम्रो नेतामाथि सरकारले नियोजित र राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेको छ । यसमा हामी कन्भिन्स छौँ । त्यसकारण सडकमा छौँ । अन्तिम न्याय नपाएसम्म लडिरहन्छौँ ।’ 

नेता झाले सरकारले प्रक्रियागत ढङ्गबाट बोल्ने सबै ढोका बन्द गरेर रास्वपा र नेताहरुमाथि प्रतिशोध साँधेको पनि बताए । संसद बन्द गरिएको, संसदीय समितिहरू लथालिङ्ग पारिएको र आफ्नो कुरा राख्न सडकमा आउनुको विकल्प नभएको उनको भनाई छ । यो आन्दोलन अब नरोकिने भन्दै कार्यवाहक प्रवक्ता झाले भने, ‘अब भ्रष्टहरू यही आन्दोलनबाट लखेटिन्छन् ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...