नेभिगेशन
सबै कुरा

ओली - देउवा लक्षित सोबिता आक्रोश 'लोकतन्त्रको गर्भबाट तानाशाहहरूकाे जन्म भयाे, न्यायलयप्रति सम्मान र विश्वास छ'

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नृत सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन् । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पार्टीले पोखराको जिरोकिलोमा गरेको विरोध सभामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद गौतमले न्यायलयमा सरकारको छाया पर्न नदिन र विधिको शासनका लागि पार्टी आन्दोलनमा होमिएको बताईन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लक्षित गर्दै उनले लोकतन्त्रको गर्भबाट तानाशाहहरूकाे जन्म भएको पनि आरोप लगाइन् ।  पार्टीका सभापति निर्दोष हुँदा हुँदै पनि पक्राउ गरेर झुटो मुद्दा चलाउन राज्य लागेको भन्दै उनले त्यसलाई तानाशाहको संज्ञा दिइन । 

Extreme Energy

‘राज्य तानाशाहको शैलीमा प्रस्तुत भएको छ। सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको छ’ उनले भनिन् ‘लोकतन्त्रको गर्भबाट तानाशाहहरूको जन्म भयो । तर, न्यायलयप्रति विश्वास र सम्मान छ । उहाँले न्याय पाउनु हुन्छ ।’ सांसद गौतमले रास्वपाले वास्तविक सहकारी पीडितलाई न्याय दिलाउन रास्वपाले काम गर्ने बताइन् । पोखराको जिरो किलोबाट सुरु भएको रास्वपाको मङ्गलबारको विरोध प्रदर्शन यतिबेला अम्मर सिंह चोकतर्फ अघि बढिरहेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...