नेभिगेशन
सबै कुरा

ओली - देउवा लक्षित सोबिता आक्रोश 'लोकतन्त्रको गर्भबाट तानाशाहहरूकाे जन्म भयाे, न्यायलयप्रति सम्मान र विश्वास छ'

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नृत सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन् । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पार्टीले पोखराको जिरोकिलोमा गरेको विरोध सभामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद गौतमले न्यायलयमा सरकारको छाया पर्न नदिन र विधिको शासनका लागि पार्टी आन्दोलनमा होमिएको बताईन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लक्षित गर्दै उनले लोकतन्त्रको गर्भबाट तानाशाहहरूकाे जन्म भएको पनि आरोप लगाइन् ।  पार्टीका सभापति निर्दोष हुँदा हुँदै पनि पक्राउ गरेर झुटो मुद्दा चलाउन राज्य लागेको भन्दै उनले त्यसलाई तानाशाहको संज्ञा दिइन । 

Ncell
Extreme Energy

‘राज्य तानाशाहको शैलीमा प्रस्तुत भएको छ। सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको छ’ उनले भनिन् ‘लोकतन्त्रको गर्भबाट तानाशाहहरूको जन्म भयो । तर, न्यायलयप्रति विश्वास र सम्मान छ । उहाँले न्याय पाउनु हुन्छ ।’ सांसद गौतमले रास्वपाले वास्तविक सहकारी पीडितलाई न्याय दिलाउन रास्वपाले काम गर्ने बताइन् । पोखराको जिरो किलोबाट सुरु भएको रास्वपाको मङ्गलबारको विरोध प्रदर्शन यतिबेला अम्मर सिंह चोकतर्फ अघि बढिरहेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...