नेभिगेशन
सबै कुरा

दिल्लीबाट काठमाडौं आएको भिस्तार एयरलाइन्सको जहाजमा बम रहेको सूचना, नेपाली सेनाद्धारा सुरक्षा जाँच जारी

काठमाडौँ ।  भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना पछि अहिले नेपाली सेनाले त्यसको जाँच गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टा मै बम रहेको सूचना आएको थियो । 

Extreme Energy

उनकाअनुसार बम रहेको सूचना पछि आकाशमा झण्डै एक घण्टा उक्त जहाज १५७ यात्रु लिएर उडिरहेको थियो । एक अज्ञात नम्बरबाट काठमाडौँमा भारतीय विमानको सुरक्षा जाँच गर्ने सुरक्षा अधिकारीको मोबाइलमा कलसाईन यूके १५५ को जहाजमा बमको सूचना पठाएका थिए । 

सो सूचना जहाज दिल्लीबाट उडेको १ घण्टामै आएको र उक्त सूचना पछि विमानस्थललाई उच्च सुरक्षा निगरानीमा राखेर जहाजको सकुशल ल्यान्ड गराइएको भुलले बताए । 

जहाज सकुशल ल्यान्ड भएपछि अहिले नेपाली सेनाद्वारा सुरक्षा जाँच भइरहेको छ । ‘अहिले जहाजलाई सुरक्षित  र अलग्गै राखेर नेपाली सेनाबाट सुरक्षा जाँच भइरहेको छ,’ भुलले सिधाकुरासँग भने,‘ जहाज र समानको नेपाली सेनाको बम डिस्पोजल टोलीबाट जाँच भइरहेको छ ।’ 

भुलकाअनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ । यात्रुका झोला तथा सामानहरु सहितको विमानलाई अलग्गै राखेर अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गरिरहेको छ । 

बम रहेको सूचना पछि विमानस्थलमा नेपाली सेनाको विशेष सुरक्षा तैनाथी गरिएको थियो । अहिलेसम्म सूचना भनिए जस्तो कुनै वस्तु फेला परेको छैन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।
काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

काठमाडौँ महानगरले कात्तिक १३ देखि १५ गतेसम्म फिल्म फेस्टिभल आयोजना गर्ने

फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...