नेभिगेशन
सबै कुरा

दिल्लीबाट काठमाडौं आएको भिस्तार एयरलाइन्सको जहाजमा बम रहेको सूचना, नेपाली सेनाद्धारा सुरक्षा जाँच जारी

काठमाडौँ ।  भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना पछि अहिले नेपाली सेनाले त्यसको जाँच गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टा मै बम रहेको सूचना आएको थियो । 

Ncell
Extreme Energy

उनकाअनुसार बम रहेको सूचना पछि आकाशमा झण्डै एक घण्टा उक्त जहाज १५७ यात्रु लिएर उडिरहेको थियो । एक अज्ञात नम्बरबाट काठमाडौँमा भारतीय विमानको सुरक्षा जाँच गर्ने सुरक्षा अधिकारीको मोबाइलमा कलसाईन यूके १५५ को जहाजमा बमको सूचना पठाएका थिए । 

सो सूचना जहाज दिल्लीबाट उडेको १ घण्टामै आएको र उक्त सूचना पछि विमानस्थललाई उच्च सुरक्षा निगरानीमा राखेर जहाजको सकुशल ल्यान्ड गराइएको भुलले बताए । 

जहाज सकुशल ल्यान्ड भएपछि अहिले नेपाली सेनाद्वारा सुरक्षा जाँच भइरहेको छ । ‘अहिले जहाजलाई सुरक्षित  र अलग्गै राखेर नेपाली सेनाबाट सुरक्षा जाँच भइरहेको छ,’ भुलले सिधाकुरासँग भने,‘ जहाज र समानको नेपाली सेनाको बम डिस्पोजल टोलीबाट जाँच भइरहेको छ ।’ 

भुलकाअनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ । यात्रुका झोला तथा सामानहरु सहितको विमानलाई अलग्गै राखेर अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गरिरहेको छ । 

बम रहेको सूचना पछि विमानस्थलमा नेपाली सेनाको विशेष सुरक्षा तैनाथी गरिएको थियो । अहिलेसम्म सूचना भनिए जस्तो कुनै वस्तु फेला परेको छैन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...