नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपाकाे आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, 'हामीलाई रविले हाेइन, राज्यले ठगेको छ'

पोखरा । सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा श्रेष्ठ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी बचत अपचलन कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न पोखरा ल्याएपछि उनका समर्थकहरू पोखरामा आन्दोलनरत छन् । राजनीतिक प्रतिसोध साँधेर सरकारले रवि लामिछानेलाई पक्राउ गरेको भन्दै प्रदर्शन भइरहँदा स्वरमा स्वर मिलाउन त्यही भिडमा होमिइरहेकी छिन्, सूर्यदर्शन सहकारी पीडित श्रेष्ठ ।

Ncell
Extreme Energy


प्रायजसो सहकारी पीडितहरूको प्रदर्शनको अग्रभागमा देखिने उनी मङ्गलबार भने रवि लामिछानेलाई फसाइएको भन्दै आन्दोलनमा भेटिइन् । रवि लामिछानेका समर्थकले चर्को घाममा प्रदर्शन चर्काइरहँदा 'सहकारी पीडितलाई न्याय दे, सक्कली सहकारी ठगलाई कारबाही गर, निर्दोष फसाउन पाइँदैन' भन्दै नाराबाजी गर्दै पैदल यात्रा गरेर पोखराको जिरो किलो चोक, पृथ्वीचोक हुँदै अमरसिंह चोकतर्फ जाने क्रममा उनी हाम्रो नजरमा परिन् । 


रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याइएसँगै एकापट्टी रवि लामिछानेका समर्थक आन्दोलनरत छन्, भने अर्कापट्टि सहकारी पीडित पनि आन्दोलनरत छन् । लामिछानेका समर्थक सक्कली सहकारी ठगलाई कारबाही गर भन्दै आन्दोलनरत रहँदा उता सहकारी पीडित भने जबरजस्ती रवि लामिछानेलाई सहकारी ठगको भिल्ला भिराउन प्रयासरत छन् । तर तिनै सहकारी पीडित मध्येकी एक श्रेष्ठले भने आफ्नो आन्दोलनको कित्ता परिवर्तन गरेकी छिन् । 

आफू सूर्यदर्शन सहकारी पीडित रहेको र न्यायको माग गर्दै २ वर्षदेखि आन्दोलन गरिरहँदा न्याय नपाएपछि कित्ता परिवर्तन गरेको उनले बताइन् । २ वर्षसम्म रवि लामिछानेलाई ठग भन्दै आन्दोलन गरेपनि सरकार र तिनका निकायले नै संलग्न छैन भनेपछि आफूले लामिछानेविरुद्ध नाराबाजी गरेर पैसा नपाउने भएपछि आफूले आन्दोलनको स्वरुप परिवर्तन गरेको उनले बताइन् । 'यो र्‍याली रवि लामिछानेका समर्थकको मात्र नभएर आम नेपाली जनताको र्‍याली भएका कारण आफ्नो पैसा पाउने आशामा म यो र्‍यालीमा आएको छु।', उनले भनिन्, '२ वर्षदेखि न्यायको खोजीमा आन्दोलन गरेँ तर रवि लामिछाने सहकारी ठग हैन भन्ने भएपछि अहिले रवि लामिछानेका समर्थकसँगै आन्दोलनमा आएको हुँ । उहाँहरूले सहकारी पीडितको आन्दोलनको नेतृत्व आफूहरूले गर्ने बताउनुभएको छ ।'

आफूजस्तै धेरै सहकारी पीडित रवि लामिछाने ठग हैन भन्ने जानकार भएको तर उनीहरु अरु साथीसँग सम्बन्ध बिग्रिने डरले आन्दोलनमा नआएको उनको भनाई छ । 'सहकारीमा राखेको पैसाले गर्दा घरमा बाउआमा, बूढा बुढीको बिचमा त कति सम्बन्ध बिग्रियो । ति साथीसँग सम्बन्ध बिग्रिएर के हुन्छ ?', अनुराधा प्रश्न गर्छिन्, 'हामी एक दुई जना जनता रवि लामिछानेको पछि लागेर मात्र केही भएन । हामीलाई रविले हैन राज्यले ठगेको छ, राज्यविरुद्धको रास्वपाको आन्दोलनमा आउँदा ठगिएको पैसा पाइन्छ कि भनेर म पनि आएको हुँ ।'


त्यस्तै आफूहरु २ वर्षदेखि आन्दोलनमा होमिँदा सरकार निदाएर बसेको, सञ्चालक समितिलाई पक्राउ गर्न नसकेको तर रवि लामिछानेलाई भने संसदीय छानबिन समितिले निर्दोष भन्दाभन्दै पक्राउ गरेको उनको ठहर छ । सरकार नै न्याय दिनभन्दा राजनीतिक खेलवाडमा लागेको उनको आरोप छ । 'पक्राउ पूर्जी हुनेबित्तिकै रविलाई समाउन सक्ने सरकारले अन्य सञ्चालक समितिका सदस्यलाई किन पक्राउ गरेन ? मेरो यो राज्यसत्तालाई प्रश्न छ ।',उनले भनिन ।

रवि लामिछानेमाथि पनि अनुसन्धान हुनुपर्ने तर सरकारी संयन्त्रले बारम्बार निर्दोश भनेको पात्रको पछि सरकार लागेको, वास्तविक सहकारी ठगलाई उन्मुुक्ति दिइरहेको देख्दा आफ्नो पैसा फिर्ता नहुने भनपछि आफू रवि लामिछाने र उनका समर्थकसँगै आन्दोलनमा होमिएको अनुराधा बताउँछिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो...
नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

बागमती प्रदेश सरकारमा ६ जना मन्त्री महाशाखा प्रमुखको हैसियतमा, एउटै मन्त्रालयमा ३ जनासम्म मन्त्री

प्रदेश सरकारले गत बैशाख २२ मा खर्च कटौती गर्न भन्दै १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गर्ने निर्णय अनुरुप आजबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेश सरकार ८...
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश

शुक्रबार सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

भर्खरै