नेभिगेशन
सबै कुरा

रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएकोमा बेल्जियमका नेपालीहरुको विरोध

रवि लामिछाने माथि राजनीतिक प्रतिशोधको विरोधमा बेल्जियमका नेपालीहरु.दुतावासमा मार्फत नेपाल सरकारको ध्यानर्कषण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले रवि लामिछानेको पक्राउको विरोध जनाएको छ । लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएको भन्दै नेपाल राजदूतावास ब्रसेल्समार्फत मञ्चले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो। 

Extreme Energy

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापतिको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको अवस्थामा, सोही मुद्दामा सभापतिलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह रहेको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमको बुझाई छ । 

ज्ञापन पत्रमा भनिएको छ,‘सभापतिज्यूलाई बिना कारण र बिना आधारमा गिरफ्तार गरेर सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने षड्यन्त्र चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।  गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स, वाइडबडीजस्ता अरबौंको घोटालामा आपसी समझदारीमा लुट मच्चाउँदै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन। स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले यो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाइडबडी, र अरबौंको जग्गा दान प्रकरणलाई ओझेलमा पार्न गरिएको षड्यन्त्रको रूपमा बुझेको छ' ।

यस्तो अवस्थामा देशमा परिवर्तन चाहने देशभित्र वा विदेशमा रहने नेपालीहरु भ्रष्टाचारविरुद्ध एकजुट हुन र यस्ता घृणित राजनीतिक षड्यन्त्रहरूको विरुद्ध सचेत रहनुपर्ने आवश्यक रहेको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियम ठम्याई रहेको छ । 

साथै नेपालमा भैरहेको आन्दोलन प्रति स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले एक्याबद्दता जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...