नेभिगेशन
सबै कुरा

रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएकोमा बेल्जियमका नेपालीहरुको विरोध

रवि लामिछाने माथि राजनीतिक प्रतिशोधको विरोधमा बेल्जियमका नेपालीहरु.दुतावासमा मार्फत नेपाल सरकारको ध्यानर्कषण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले रवि लामिछानेको पक्राउको विरोध जनाएको छ । लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएको भन्दै नेपाल राजदूतावास ब्रसेल्समार्फत मञ्चले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो। 

Ncell
Extreme Energy

संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापतिको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको अवस्थामा, सोही मुद्दामा सभापतिलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह रहेको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमको बुझाई छ । 

ज्ञापन पत्रमा भनिएको छ,‘सभापतिज्यूलाई बिना कारण र बिना आधारमा गिरफ्तार गरेर सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने षड्यन्त्र चलिरहेको छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।  गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स, वाइडबडीजस्ता अरबौंको घोटालामा आपसी समझदारीमा लुट मच्चाउँदै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन। स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले यो कदमलाई गिरीबन्धु, टेरामक्स, भुटानी शरणार्थी, वाइडबडी, र अरबौंको जग्गा दान प्रकरणलाई ओझेलमा पार्न गरिएको षड्यन्त्रको रूपमा बुझेको छ' ।

यस्तो अवस्थामा देशमा परिवर्तन चाहने देशभित्र वा विदेशमा रहने नेपालीहरु भ्रष्टाचारविरुद्ध एकजुट हुन र यस्ता घृणित राजनीतिक षड्यन्त्रहरूको विरुद्ध सचेत रहनुपर्ने आवश्यक रहेको स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियम ठम्याई रहेको छ । 

साथै नेपालमा भैरहेको आन्दोलन प्रति स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले एक्याबद्दता जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...

भर्खरै