नेभिगेशन
सबै कुरा

प्रवास नेपाली विभाग जापानले भन्याे:रवि लामिछाने पक्राउ राजनीतिक प्रतिशाेध हाे

जापान । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रवास नेपाली सम्पर्क विभाग, जापानले दुतावास मार्फत नेपाल सरकारको ध्यानर्कषण गराएको छ । विभागले जापानस्थित राजदूत दुर्गाबहादुर सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै रास्वपा सभापति लामिछानेलाई प्रतिशोधका आधारमा पक्राउ गरि थुनामा राखिएकोमा नेपाल सरकारको ध्यानर्कषण गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचिव विशाल विक र सभापति दिलेन्द्र प्रसाद जोशी हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,'सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भइसकेको अवस्थामा पनि, जनताले ठूलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको घटनाप्रति हामी प्रवास नेपाली सम्पर्क विभाग, जापान घोर निन्दा र आपत्ति प्रकट गर्दछौं' । 

CG

साथै विभागले विभिन्न माग राख्दै आवश्यक कदम नचालिए सरकारविरोधी सघन आन्दोलनमा उत्रिने चेतावनी दिएका छ । ज्ञापनपत्रमा भनिएको छ, 'सरकारको तर्फबाट आवश्यक कदम चालिएन भने, जनताको पक्षमा उभिएर हामी सरकारविरोधी सघन आन्दोलनमा उत्रन बाध्य हुनेछौं भन्ने जानकारी गराउन चाहन्छौं'।

प्रवास नेपाली सम्पर्क विभागले राखेमा मागहरु यस्ता छन्ः

१) राजनीतिक प्रतिशोध अन्त्य गरियोस्ः सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रवि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भइसकेको अवस्थामा पनि, सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको घटनाको हामी घोर आपत्ति प्रकट गर्दछौं। उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणालीमार्फत निष्पक्ष छानबिन गरियोस् भन्ने हाम्रो माग छ।

२) सहकारी ठगीको न्यायिक कारबाहीस् सहकारीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने दोषीहरूबारे विस्तृत छानबिन गरी कानुनअनुसार कारबाही गरियोस्। सहकारी र मिटरब्याजी पीडितहरूको समस्याको समाधानका लागि जिल्ला प्रशासन कार्यालयहरूमा हेल्पडेस्कको तुरुन्त स्थापना गरियोस्।

३) सहकारी पीडितहरूको संरक्षणस् सरकारको तर्फबाट आवश्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गरियोस्। गोर्खा मिडिया नेटवर्कका संचालक र सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका जितेन्द्र बाबु राई ९जीबी राई० लाई छिटोभन्दा छिटो पक्राउ गरी पीडितहरूको सम्पत्ति फिर्ता गरियोस्।

४) सत्यतथ्य छानबिनस् सहकारी ठगीमा संलग्न ठानिएका धनराज गुरुङ र ऋषिकेश पोखरेललगायत केही व्यक्तिहरूको प्रमाणहरू उपलब्ध हुँदा पनि सरकारको तर्फबाट अनुसन्धानको अभावमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौं। सहकारी ठगीमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गरी पीडितहरूको रकम फिर्ता गरियोस्।

५) जग्गा प्रकरणहरूको छानबिनस् बाँसबारी, टिकापुर, र ललितानिवासका जग्गा प्रकरणमा संलग्न दोषीहरूलाई निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरियोस्।

६) भुटानी शरणार्थी प्रकरणको छानबिनस् भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरियोस्।

७) भ्रष्टाचारजन्य जग्गा दान छानबिनस् सत्तारूढ दल नेकपा एमाले र ललितानिवास प्रकरणमा संलग्न व्यापारी मीन बहादुर गुरुङको जग्गा दानसम्बन्धी भ्रष्टाचारजन्य अपराधको गहिरो छानबिन गरियोस्।

८) विशेष छानबिन आयोगको गठनस् २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचारजन्य अपराधहरूको छानबिन गर्न उच्चस्तरीय विशेष आयोग गठन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गरियोस्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्यानडामा पर्यटन बोर्डसँगको समन्वयमा  ‘नेपाल इभिनिङ’ कार्यक्रम

क्यानडामा पर्यटन बोर्डसँगको समन्वयमा  ‘नेपाल इभिनिङ’ कार्यक्रम

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा  संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ...
बंगलादेशमा विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी

बंगलादेशमा विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी

बिएनपी ६० वर्षीय तारिक रहमानको नेतृत्वमा रहेको छ । उनी १७ वर्षको स्व–निर्वासनपछि गत डिसेम्बरमा लन्डनबाट स्वदेश फर्किएका हुन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका सुपुत्र हुन् । खालिदाको...
नेपाल सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु निर्वाचन अनुगमनका लागि बङ्गलादेशमा

नेपाल सहितका अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु निर्वाचन अनुगमनका लागि बङ्गलादेशमा

स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ । अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षक मिसनहरू...