नेभिगेशन
सबै कुरा

सरकारले अपेक्षित काम गर्न सकेन, प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै भयोः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको बिकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पहिलो दुई दुई महिनामा सरकार परिवर्तन भइराख्या छ । त्यो परिवर्तनले जनताले खोजेको, चाहेको परिवर्तन दिन सकिराखेको थिएन । राजनीतिक स्थायित्वको लागि झण्डै दुई तिहाइको सरकार बनेको छ । दोस्रो राजनीतिक स्थायित्व भएपछि आर्थिक विकास पनि विस्तारै अुँदै जाने संभावना हुन्छ । र तेस्रो सुशासन । यी तीन कुराको लागि हामीले यो सरकार बनायौँ ।’ उनले भने, ‘तर न त हामीले राजनीतिक स्थायित्व दिन सक्यौँ, न त आर्थिक विकास नै हुन सकेको छ, बढेको छैन केही पनि । हुन त सय दिन मात्रै भएको छ यो सरकार बनेको । न त सुशासनमा नै हामी अब्बल हुन सकेका छौँ ।’ 

Extreme Energy
citizen life

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर भूलभूलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे । उनले भने, ‘हुँदा हुँदा अब प्रधानमन्त्री ज्यू ले प्रहरी प्रधान कार्यालयमा गएर सरकार ढल्दैन भन्नुहुन्छ । दुई तिहाईको सरकार छ । नेपाली कांग्रेसले पुरै सपोर्ट गरिराखेको छ । ढल्ने किन ? के को लागि ढल्ने ? ढाल्ने कसले ? विदेसीले आएर ढाल्ने होइन । नेपाल कि त संसदबाट संख्या नपुगेर सरकार ढल्छ या जनताको भेलले सरकार जाने हो नि त । अरु त केही उपाए छैन । विदेशीहरुलाई दोष दिने हामीले ? सरकार ढल्ने कुराहरु गरेर भुलभुलैयामा पार्ने जुन प्रयास भईराखेको छ, त्यसमा हामीलाई चिन्ता छ । ’

कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसंग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ । कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ । 

त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे । चुनावी गठबन्धन भन्दा पनि रणनीतिक बिषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए । 

उनले पार्टीभित्र अनुशासन कडाईका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलंघन गर्ने सवैमाथि कारवाही हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

बालेन सरकारका ३० दिनः के के भए, के के बाँकी ?

तर, यो मान्यताका बाबजुद बालेन सरकारले हनिमुन परियडको सुविधा लिएन । संसद बैठकमा रास्वपा सभापति रवि लामिछानेले भनेका थिए– रास्वपा सरकारलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन, सेकेण्ड सेकेण्ड हिसाब...
सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली,  सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

सहकारी पीडितको रकम फिर्ता प्रक्रिया सुरुः ऋण असुली, सञ्चालकहरूको सम्पत्ति लिलामी र बचत फिर्ता प्रक्रिया सँगसँगै

प्रतिभा रावलले मन्त्रालय सम्हालेको ३० दिन नपुग्दै सहकारी पीडितको बचत फिर्ताको प्रक्रिया सुरु भएको छ र त्यसका लागि तयार पारिएको कार्यविधि पारित भई राजपत्रमा समेत प्रकाशन भइसकेको छ...
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

यसैबीच, आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।