नेभिगेशन
सबै कुरा

अनुचित लेनदेनमा अनुसन्धान गर्न नपाउँदा भ्रष्टाचारको गहिराईमा पुग्न सकिएनः अख्तियार प्रमुख

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुचित लेनदेनका बिषयमा अनुसन्धान गर्न नपाउँदा भ्रष्टाचारको गहिराईमा पुग्न समस्या भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा राईले अनुचित लेनदेनमा बिभागीय कारवाही गर्न निर्देशन समेत दिन नपाइने व्यवस्थाले भ्रष्टाचारको गहिराईमा पुग्न समस्या भएको बताएका हुन् । 

Ncell
Extreme Energy

भ्रष्टाचार देखिने अनुचित बिषयमा अख्तियारले अनुसन्धान गर्न पाउने गरि कानूनी व्यवस्था गर्नुपर्ने उनको धारणा छ । 

प्रमुख आयुक्त राईले २०४९ मा निजामती सेवा ऐन जारी भएयता सय जना कर्मचारीलाई पनि विभागीय कारबाही हुन नसकेको धारणा राखे । कर्मचारीलाई कारवाही गर्न खोज्दा पनि कार्यालय प्रमुखले ट्रेड युनियनको दवाव झेल्नुपर्ने अवस्था रहेको उनले बताए । स्थानीय निकायमा संविधानले निर्दिष्ट गरेको अधिकार बिपरितको काम हुँदा जनताले धेरै नै दुख पाएको भन्दै त्यस्ता उजुरीहरु अख्तियारमा धेरै प्राप्त भएको जिकिर गरे । 

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने भूमिका अख्तियारको मात्रै नभइ समाजको पनि भएको भन्ने सन्देश दिन जरुरी रहेको बताए । भ्रष्टाचार निवारणका लागी भएका कानुनको पनि सवैले पालना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।
विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पूर्वाधारमन्त्री सुनिल लम्सालको आफ्नै पार्टीका सांसदले आलोचना गरेकामा असन्तुष्टि जनाएका छन् ।
नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

भर्खरै