नेभिगेशन
सबै कुरा

अनुचित लेनदेनमा अनुसन्धान गर्न नपाउँदा भ्रष्टाचारको गहिराईमा पुग्न सकिएनः अख्तियार प्रमुख

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुचित लेनदेनका बिषयमा अनुसन्धान गर्न नपाउँदा भ्रष्टाचारको गहिराईमा पुग्न समस्या भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा राईले अनुचित लेनदेनमा बिभागीय कारवाही गर्न निर्देशन समेत दिन नपाइने व्यवस्थाले भ्रष्टाचारको गहिराईमा पुग्न समस्या भएको बताएका हुन् । 

Ncell
Extreme Energy

भ्रष्टाचार देखिने अनुचित बिषयमा अख्तियारले अनुसन्धान गर्न पाउने गरि कानूनी व्यवस्था गर्नुपर्ने उनको धारणा छ । 

प्रमुख आयुक्त राईले २०४९ मा निजामती सेवा ऐन जारी भएयता सय जना कर्मचारीलाई पनि विभागीय कारबाही हुन नसकेको धारणा राखे । कर्मचारीलाई कारवाही गर्न खोज्दा पनि कार्यालय प्रमुखले ट्रेड युनियनको दवाव झेल्नुपर्ने अवस्था रहेको उनले बताए । स्थानीय निकायमा संविधानले निर्दिष्ट गरेको अधिकार बिपरितको काम हुँदा जनताले धेरै नै दुख पाएको भन्दै त्यस्ता उजुरीहरु अख्तियारमा धेरै प्राप्त भएको जिकिर गरे । 

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने भूमिका अख्तियारको मात्रै नभइ समाजको पनि भएको भन्ने सन्देश दिन जरुरी रहेको बताए । भ्रष्टाचार निवारणका लागी भएका कानुनको पनि सवैले पालना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...