नेभिगेशन
सबै कुरा

गैरन्यायीक हिरासतविरुद्ध रास्वपा नेता पुकार बम हिरासतभित्रै अनसनमा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बम हिरासतभित्रै अनसनमा बसेका छन् । पार्टीका सांसद, नेता र समर्थकहरु प्रहरीले पक्राउ गरेपछि प्रहरीसँग समन्वय गर्न पुगेका उनलाई बालुवाटारस्थित राष्ट्र बैँक चोकबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि उनले हिरासतभित्रै अनसन सुरु गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा विरोध प्रदर्शनको घोषणा गरेको थियो । दिउँसो १२ बजेदेखि बालुवाटारको नेपाल हाउसमा रास्वपाले कार्यक्रम गर्ने भनेपछि पुगेका नेता समर्थकलाई प्रहरीले पक्राउ गरेपछि प्रहरीसँग समन्वय गर्न पुगेको आफूलाई पक्राउ गरेर हिरासतमा राखेपछि अनसन सुरु गरेको उनले सिधाकुरालाई बताए । ‘म प्रहरीका अधिकृत साथीहरुसँग समन्वय गर्न पुगेको थिएँ । म एक्लै गएको थिएँ, साथमा झण्डा, ब्यानर केही थिएन । तर मलाई लुटेराको शैलीमा समाएर गाडीमा हालियो ।’, बमले भने, ‘जबरजस्ती कुनै कारण नदेखाई समाएर दरबारमार्गको हिरासतमा राखिएको छ । प्रहरीको यो कदम र गैरन्यायीक हिरासतविरुद्ध मैले हिरासतमै अनसन सुरु गरेको छु ।’

Extreme Energy

उनले आफू अपरान्ह ४ बजेदेखि अनसनमा बसेको बताए । त्यस्तै प्रहरीले एउटा कागजमा हस्ताक्षर गरेर छोड्ने कोशिस गरेपनि आफू कानुनका दफा उल्लेख नगरि, पक्राउको यथेस्ट कारण नखुलाएसम्म आफू हिरासतबाट नबाहिरिने र अनसन जारी राख्ने बताए । ‘मेरो व्यक्तिगत अधिकार र संवैधानिक अधिकार हनन भएको छ । बिनाकारण पक्राउ गरेर घण्टौँ हिरासतमा राखिएको छ ।’, उनले भने, ‘प्रहरीले कानुन नखुलाई, कारण नदेखाएसम्म अनसन तोड्दिनँ ।’

आफूविरुद्ध बल प्रयोग गरेर आफ्नो अधिकार मिच्ने प्रहरी र सरकारविरुद्ध आफू कानुनी प्रक्रियामा जाने समेत उनले बताए । केन्द्रीय सदस्य बमलाई रास्वपाले आजकाे कार्यक्रमकाे संयाेजक ताेकेकाे थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...