नेभिगेशन
सबै कुरा

गैरन्यायीक हिरासतविरुद्ध रास्वपा नेता पुकार बम हिरासतभित्रै अनसनमा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पुकार बम हिरासतभित्रै अनसनमा बसेका छन् । पार्टीका सांसद, नेता र समर्थकहरु प्रहरीले पक्राउ गरेपछि प्रहरीसँग समन्वय गर्न पुगेका उनलाई बालुवाटारस्थित राष्ट्र बैँक चोकबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि उनले हिरासतभित्रै अनसन सुरु गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा विरोध प्रदर्शनको घोषणा गरेको थियो । दिउँसो १२ बजेदेखि बालुवाटारको नेपाल हाउसमा रास्वपाले कार्यक्रम गर्ने भनेपछि पुगेका नेता समर्थकलाई प्रहरीले पक्राउ गरेपछि प्रहरीसँग समन्वय गर्न पुगेको आफूलाई पक्राउ गरेर हिरासतमा राखेपछि अनसन सुरु गरेको उनले सिधाकुरालाई बताए । ‘म प्रहरीका अधिकृत साथीहरुसँग समन्वय गर्न पुगेको थिएँ । म एक्लै गएको थिएँ, साथमा झण्डा, ब्यानर केही थिएन । तर मलाई लुटेराको शैलीमा समाएर गाडीमा हालियो ।’, बमले भने, ‘जबरजस्ती कुनै कारण नदेखाई समाएर दरबारमार्गको हिरासतमा राखिएको छ । प्रहरीको यो कदम र गैरन्यायीक हिरासतविरुद्ध मैले हिरासतमै अनसन सुरु गरेको छु ।’

Ncell
Extreme Energy

उनले आफू अपरान्ह ४ बजेदेखि अनसनमा बसेको बताए । त्यस्तै प्रहरीले एउटा कागजमा हस्ताक्षर गरेर छोड्ने कोशिस गरेपनि आफू कानुनका दफा उल्लेख नगरि, पक्राउको यथेस्ट कारण नखुलाएसम्म आफू हिरासतबाट नबाहिरिने र अनसन जारी राख्ने बताए । ‘मेरो व्यक्तिगत अधिकार र संवैधानिक अधिकार हनन भएको छ । बिनाकारण पक्राउ गरेर घण्टौँ हिरासतमा राखिएको छ ।’, उनले भने, ‘प्रहरीले कानुन नखुलाई, कारण नदेखाएसम्म अनसन तोड्दिनँ ।’

आफूविरुद्ध बल प्रयोग गरेर आफ्नो अधिकार मिच्ने प्रहरी र सरकारविरुद्ध आफू कानुनी प्रक्रियामा जाने समेत उनले बताए । केन्द्रीय सदस्य बमलाई रास्वपाले आजकाे कार्यक्रमकाे संयाेजक ताेकेकाे थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...