नेभिगेशन
सबै कुरा

रवि लामिछानेको पक्राउ नयाँ र पुराना दलबीच सङ्घर्षको सुरुआत हो, पुरानाले रोक्न सक्दैनन्: सन्तोष परियार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रवि लामिछाने पक्राउ पुराना दलहरू र नयाँ बीचको सङ्घर्षको सुरुआत भएको बताएका छन् । मंगलबार बालुवाटारमा पार्टीले गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता परियारले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता परियारले पुराना शक्ति सहजै विस्थापित नहुँदा पार्टी सभापति पक्राउ परेको बताए । उनले सभापति पक्राउ राजनीतिक कारण भएको दाबी गरे । 

Extreme Energy

नेता यो सङ्घर्षको सुरुआतलाई पुरानाले रोक्न नसक्ने पनि बताए ।  ‘प्राकृतिक न्यायका हिसाबले पनि पुराना जानेर नयाँ आउने हुनुपर्ने हो । तर त्यसो भएन । पुराना जान मानेनन्,’ नेता परियारले भने,‘ हामी नै आउँछौँ । हामी नआए पनि नयाँ त आउँछन् आउँछन् । पुरानाले रोक्न सक्दैनन् ।’

सहकारीका ठूला ठगहरू काङ्ग्रेस र एमालेमै रहेको पनि उनले बताए । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका विरुद्ध पार्टीले आन्दोलन जारी राख्ने पनि नेता परियारले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...