नेभिगेशन
सबै कुरा

‘प्रहरीले बल प्रयोग गरी गरेको नेता, सदस्य र शुभेच्छुकको गिरफ्तारी स्वतन्त्राको हनन’– रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नुलाई स्वतन्त्राको हनन र संविधानले प्रत्याभूत गरेको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप भएको जनाएको छ । मंगलबार रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झा ले विज्ञप्ती जारी गर्दै कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कानुन बमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकहरुको हकहित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुन्छ। तर शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन मात्र नभई, संविधानको धारा २० मा प्रत्याभूत गरिएको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप पनि हो।यसमा कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने भन्ने स्पष्ट प्रावधान उल्लेख गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ । 

Extreme Energy

त्यस्तै प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकहरुलाई गिरफ्तार गरेको र अनावश्यक दुर्व्यवहार गरेको बताएको छ ।

यस्तो छ रास्वपाको विज्ञप्तीः 

प्रेस वक्तव्य

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुल आधार हो। नेपालको संविधान, २०७२ को धारा १७ ले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्ति गर्ने स्वन्त्रतालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावना, अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको धारा १९ लगायतका अन्तर्राष्ट्रिय कानुनले पनि यस अधिकारलाई सुरक्षित गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध र भ्रष्टाचार विरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ। तर, ति प्रदर्शनमा राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सृजना गर्ने प्रयास गर्दै आईरहेको छ। त्यसको निरन्तरता आज मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम भइरहेको बखत पनि देखियो। प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकहरुलाई गिरफ्तार गरेको र अनावश्यक दुर्व्यवहार गरेको छ।

रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार वम, सासंद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जना कयौँ गिरफ्तार हुनुभएको छ।

कानुन बमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकहरुको हक(हित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुन्छ। तर शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन मात्र नभई, संविधानको धारा २० मा प्रत्याभूत गरिएको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप पनि हो।यसमा कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने भन्ने स्पष्ट प्रावधान उल्लेख गरिएको छ ।

प्रहरीहरुको यी अवैध कार्य नेपालको संविधान, कानून लगायत अन्तर्राष्ट्रिय कानून विपरित रहेको छ ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहार प्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई बिना सर्त तत्काल रिहाईको माग गर्दछौँ। शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौँ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्यमान्यतामा प्रहार गरिरहेकाले अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आम जनसमुदायलाई अपिल सहित नागरिकको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ।

 मनिष झा

 प्रवक्ता (कार्यवाहक)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...