नेभिगेशन
सबै कुरा

‘प्रहरीले बल प्रयोग गरी गरेको नेता, सदस्य र शुभेच्छुकको गिरफ्तारी स्वतन्त्राको हनन’– रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नुलाई स्वतन्त्राको हनन र संविधानले प्रत्याभूत गरेको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप भएको जनाएको छ । मंगलबार रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झा ले विज्ञप्ती जारी गर्दै कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कानुन बमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकहरुको हकहित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुन्छ। तर शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन मात्र नभई, संविधानको धारा २० मा प्रत्याभूत गरिएको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप पनि हो।यसमा कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने भन्ने स्पष्ट प्रावधान उल्लेख गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकहरुलाई गिरफ्तार गरेको र अनावश्यक दुर्व्यवहार गरेको बताएको छ ।

यस्तो छ रास्वपाको विज्ञप्तीः 

प्रेस वक्तव्य

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुल आधार हो। नेपालको संविधान, २०७२ को धारा १७ ले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्ति गर्ने स्वन्त्रतालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावना, अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको धारा १९ लगायतका अन्तर्राष्ट्रिय कानुनले पनि यस अधिकारलाई सुरक्षित गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध र भ्रष्टाचार विरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ। तर, ति प्रदर्शनमा राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सृजना गर्ने प्रयास गर्दै आईरहेको छ। त्यसको निरन्तरता आज मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम भइरहेको बखत पनि देखियो। प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकहरुलाई गिरफ्तार गरेको र अनावश्यक दुर्व्यवहार गरेको छ।

रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार वम, सासंद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जना कयौँ गिरफ्तार हुनुभएको छ।

कानुन बमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकहरुको हक(हित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुन्छ। तर शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन मात्र नभई, संविधानको धारा २० मा प्रत्याभूत गरिएको न्याय सम्बन्धि हक माथिको हस्तक्षेप पनि हो।यसमा कुनै व्यक्तिलाई गैर कानुनी रुपमा थुनामा राख्न नमिल्ने भन्ने स्पष्ट प्रावधान उल्लेख गरिएको छ ।

प्रहरीहरुको यी अवैध कार्य नेपालको संविधान, कानून लगायत अन्तर्राष्ट्रिय कानून विपरित रहेको छ ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहार प्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई बिना सर्त तत्काल रिहाईको माग गर्दछौँ। शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौँ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्यमान्यतामा प्रहार गरिरहेकाले अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आम जनसमुदायलाई अपिल सहित नागरिकको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ।

 मनिष झा

 प्रवक्ता (कार्यवाहक)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...