नेभिगेशन
सबै कुरा

बञ्चरेडाँडामा बढ्यो फोहोर

काठमाडौँ । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने  फोहोरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको  फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहोर पनि विसर्जन गर्नुपरेको हो ।  दैनिक लगिने  फोहोर निकै बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि उपत्यकाका १८ स्थानीय तहको  फोहोर विसर्जनमा दुई सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि  दैनिक तीन सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा एक हजार छ सय मेट्रिक टन फोहोर व्यवस्थापन भइरहेको छ । 

Ncell
Extreme Energy

साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । 

“पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, वातावरण प्रमुख सरिता राई बताउँछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै