नेभिगेशन
सबै कुरा

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

काठमाडाैँ । संसदीय सुनुवाई समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।  सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाई गर्दै सर्वसम्मतले उहाको नाम अनुमोदन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाईका लागि भाद्र ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।

Ncell
Extreme Energy

समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत प्राप्त भएको थियो । समितिमा लम्सालको सुनुवाई गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको समिति सदस्य पशुपति शम्शेर जवराले जानकारी दिए ।

अनुमोदन अघि उनले बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिइन् । सो क्रममा उनले दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । 

त्यस्तै उनले वैदेशिक लगानी भित्राउने, नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने लगाएतका पहल गर्ने समेत धारणा राखिन् । संसदीय सुनुवाई समितिले लम्साललाई अनुमोदन गरेसंगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

कस–कसले गर्दैछन् अस्थिरता मच्चाउने खेती ?

अचेल हरेक दिनजसो सरकारको भविष्यलाई जोडेर समाचार आउँछन् । ती समाचारका हेडलाइन्स हुन्छन्– प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच खटपट । सरकारको कामकारबाहीप्रति रास्वपा सभापति रवि लामिछाने...

भर्खरै