नेभिगेशन
सबै कुरा

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

काठमाडाैँ । संसदीय सुनुवाई समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।  सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाई गर्दै सर्वसम्मतले उहाको नाम अनुमोदन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाईका लागि भाद्र ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।

Extreme Energy

समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत प्राप्त भएको थियो । समितिमा लम्सालको सुनुवाई गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको समिति सदस्य पशुपति शम्शेर जवराले जानकारी दिए ।

अनुमोदन अघि उनले बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिइन् । सो क्रममा उनले दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । 

त्यस्तै उनले वैदेशिक लगानी भित्राउने, नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउने लगाएतका पहल गर्ने समेत धारणा राखिन् । संसदीय सुनुवाई समितिले लम्साललाई अनुमोदन गरेसंगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...